मरिण (सिन्धुली): सिन्धुलीको कपिलाकोट-३, धमिलेमा सुरु भएको सिन्धुली मरिण महोत्सवमा गायक नवीन पौडेलले गीत गाउँदा कृषि विकास मन्त्री हरिबोल गजुरेल छमछम नाचे। पौडेलले 'यस्तै हुन्छ भन्ने भा लाउने थिइन माया' बोलको गीत गाउँदा महोत्सव उद्घाटन गर्न पुगेका मन्त्री नाचे।
यसपछि वैदेशिक रोजगारका सिलसिलमा खाडी मुलुक पुगेका युवाका दुखद प्रसंग समेटिएको गीत सुनाउँदा दर्शकका आँखा रसाए। गाउँका अधिकांश युवा रोजगारका लागि घर छाडेर हिँडेका मरिण क्षेत्रका दर्शकमाझ पौडेलले 'कालो बादल नीलो आकाशमा, गयम आमा जाहाजमा फर्केऔं बाकसमा...' बोलको गीत गाउँदा दर्शक रोएका थिए।
भूकम्पले घरबार गुमाएका स्थानीय समुदायको अग्रसरतामा आयोजना भएको महोत्सवमा गायक पौडेलले विदेशमा रगतपसिना बगाउनुभन्दा स्वदेशमै कला, संस्कृति र कृषि उत्पादनको संरक्षण र आधुनिकीकरण गर्ने हो भने रोजगारीको प्रशस्त सम्भावना भएको बताए।
अर्का गायक माधव थापाले 'सिन्धुलीको जुनारको रस, माया भए काखैमा आऊ बस...' बोलको गीतबाट सिन्धुलीको प्रख्यात उत्पादन जुनारको चर्चा गरे। उनले
सिन्धुली जिल्लासँगै अन्तर्राष्ट्रिय बजारसम्म जुनारको महत्व बुझाउन सके हजारौं कृषकको आयआर्जनको राम्रो सम्भावना बन्ने थापाले गीतमार्फत नै प्रचार गरे।
'कला, संस्कृति, धार्मिक, ऐतिहासिक, हाइड्रोपावर र वनजंगलको संरक्षण गरौं, आन्तरिक पर्यटन उद्योग व्यापार तथा कृषिमा आधारित माछा र तामाको प्रवद्र्धन गरौं' भन्ने मूल नाराका साथ आयोजित महोत्सवले भूकम्पका कारण घरबार गुमाएर टेन्ट र टहरामा बस्ने पीडितलाई थोरै भए पनि मन भुलाउने बाटो बनाइदिएको छ।
सात दिनसम्म चल्ने महोत्सवमा कलाकारहरू रोज मोक्तान, बद्री पंगेनी, रामजी खाँड, शिव हमाल, राधिका हमाल, मीना लामा, माधव थापा, डिजराज पौडेल, दिनेश काफ्ले, यादव देवकोटालगायतको प्रस्तुति रहने बताइएको छ।
annapurnapost
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.