प्रमुख दलहरुवीच सहमती हुन नसक्दा देश संकटमा प¥यो : शिक्षा मन्त्री पोखरेल


सल्यान–शिक्षामन्त्री गिरीराजमणी पोखरेलले प्रमुख राजनीतिक दलहरुबीच सहमति नहुँदा देश अफ्ठेरोमा परेको बताएका छन् ।  सोह्रबुँदे राजनीतिक सहमतिपछि नेपाली कांग्रेसले धोका दिएकै कारण देशको परिस्थिति बिग्रिदैं गएको उनले बताए ।
‘सोह्रबुँदे राजनीतिक सहमति हुँदा प्रमुख दलहरु निर्वाचन नहुँदासम्म मिलेर जाने सहमति भएको थियो तर कांग्रेसले साथ छोडेकै कारण देशमा समस्या उत्पन्न भयो ।’ शिक्षामन्त्री पोखरेलले भने, ‘अझै पनि मिलेर जानुको विकल्प छैन, सहमति हुन्छ भन्ने कुरामा विश्वस्त छौं ।’
सल्यान साक्षर जिल्ला घोषणा कार्यक्रममा बोल्दै पोखरेलले अहिले सरकारलाई समर्थन गर्ने केही दलहरुले समर्थन फिर्ता लिने अवस्थामा पुगेकोले सरकार कठिन मोडमा पुगेको बताए । ‘सरकारका आफ्नै बाध्यता छन् तर पनि विद्यमान संकट समाधानका लागि सरकार कटिबद्ध भएर लागेको छ ।’ मन्त्री पोखरेलले भने । सरकारले मधेसीदलहरुसंग वार्ताका लागि अधिकतम प्रयास गरेको र यसको सकारत्मक परिमाण केही दिनमा आउने उनले बताए ।

सरकारले अघोषित नाकावन्दी पछि उर्जा आपुर्तिका लागि विकल्प खोजेर अघि वढेको जानकारी दिए । देशमा भइरहेको संकटमा नेपाली जनताले धैर्यता नगुमाएर सरकारलाई सहयोग गरिरहेकोमा पोखरेलले धन्यवाद दिए । पत्रकारहरुको शिक्षा सम्वन्धी सोधिएको प्रश्नको उत्तर दिँदै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको समग्र सुधारका लागि सोमवार शिक्षा विधेयक पेश गरेको जानकारी दिए ।
‘२०६६ साल देखिका शिक्षा मन्त्रीहरुले संसदमा पेश गर्न खोजेको शिक्षा विधेयक पेश गरेको छु यसमा सैद्धान्तिक सहमति भएको छ । यसले शिक्षामा देखा परेका समस्या समाधानका लागि कोषेढुंगा हुनेछ ।’ मन्त्री पोखरेलले भने । अहिलेको शिक्षा विधेयकले नयाँ संविधान कार्यन्वयनपछि शिक्षा क्षेत्रका लागि ऐन कानुनहरु निर्माण गर्नका लागि महत्वपुर्ण भूमिका खेल्ने जानकारी दिए ।
ratopati

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget