मोटरसाइकलमा तीनजना चढेर हिँडे अब कारबाही, गाडीको छतमा यात्रु निषेध

काठमाडौं, पुस १३ । सडकमा सवारीको संख्या बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम बढी यात्रु बोक्ने सवारीलाई कारबाही सुरु गरेको छ ।

यातायात व्यवस्था विभागमा आइतबार भएको छलफलपछि कारबाही प्रक्रिया सुरु गरिएको महाशाखाले जनाएको छ ।

मोटरसाइकलमा क्षमताभन्दा बढी अर्थात् तीनजनासम्म यात्रु बोकेर हिँड्नेलाई समाएर ऐनमा गरिएको व्यवस्थाअनुसार रु २०० जरिवाना सुरु गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

‘मोटरसाइकलमा तीनजनाभन्दा बढी बसी यात्रा गर्नेलाई समातेर कारबाही सुरु गरिएको छ, ऐनमा भएको व्यवस्था बमोजिम १४८ सवारी–साधनलाई रु २०० का दरले कारबाही भएको छ, साना सवारी–साधनका छतमा बसेर यात्रा गर्न निषेध गरेका छौं, ठूला सवारी–साधनका छतमा बसेर यात्रा गर्नेलाई सम्झाउन थालिएको छ’–उनले भने ।

नाका खुकुलो हुँदै गएपछि पेट्रोलियम पदार्थको आयात बढ्न थालेको छ । सडकमा सवारी–साधन बढेकाले जोखिमपूर्ण यात्रालाई रोक्न कारबाही प्रक्रिया सुरु गरिएको विभागका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।

‘साना सवारीको छत सानो र कमजोर नटले कसिएको हुन्छ, महिनौं यस्ता सवारीको छतमा बसेर यात्रा गर्दा जोखिम बढ्ने र जुनसुकै स्थानमा दुर्घटनाको सम्भावना देखिएकाले साना सवारीको छतमा बसेर यात्रा गर्नेलाई कारबाही प्रक्रिया सुरु गरिएको हो’–उनले भने ।

ऐनमा भएको व्यवस्था उल्लंघन गर्ने २०० मोटरसाइकललाई सम्झाएर पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

हाल सडकमा ७५ प्रतिशत निजी र ६० प्रतिशत सार्वजनिक सवारी सन्चालनमा रहेको ट्राफिक प्रहरीको तथ्यांक छ । सार्वजनिक सवारीको संख्या ७० प्रतिशतभन्दा बढ्दै गएपछि ठूला बसको छतमा पनि यात्रु निषेध गरिने भएको छ । रासस
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget