आज नेपाल र भारत भिड्ने, नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौं, पुस १२ । भारतको केरलामा जारी एघारौं साफ च्याम्पियनसीप फुटबलमा आज(आइतबार) नेपालले बलियो प्रतिद्धन्दी भारतको सामना गर्नेछ ।
यो खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा हुँदैछ । समूह ए को अन्तिम खेलमा नेपाल र भारत खेलेसंगै सेमिफाइनल पुग्ने चारै टिमको टुङ्गो लाग्ने भएको हो ।
अहिलेसम्म भारत र श्रीलंकाले एक एक खेलमा जित हासिल गर्दा नेपाल अंकविहीन छ । नेपालले भारतलाई हराउन सकेमात्र सेमिफाइनलमा ठाउँ बनाउने छ । पहिलो खेलमा नेपाल श्रीलंकासंग १-० ले पराजित भएको थियो ।
यसैबीच, नेपाली टिमका कप्तान अनिल गुरुङ्गले कठिन भए पनि कुनै पनि हालतमा भारतविरुद्ध जित निकाल्ने विश्वास व्यक्त गरेका छन् । उनले नेपाली टिम राम्रो भए पनि गोल गर्न भने समस्या परेको स्वीकारे । नेपाल पछिल्ला ११ खेलमा गोलविहीन छ ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget