दोलखामा चिसोले ज्यान गुमाउने १३ पुगे

कठ्यांग्रिँदो चिसोमा भूकम्पपीडित
चरीकोट: दोलखामा पाँचजना भूकम्पपीडितले सोमबार ज्यान गुमाएपछि चिसोका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ।


भूकम्पपछि सरकारले बासको प्रबन्ध गर्न नसक्दा अव्यवस्थित टहरोमा बस्दै आएका पीडितले ज्यान गुमाएका हुन्।सरकारले भूकम्प प्रभावित जिल्लामा राहत तथा पुनस्र्थापनाको काम प्रभावकारी ढंगले अगाडि बढाउन नसक्दा घरबारविहीन बनेका पीडित धमाधम बिरामी पर्न थालेका छन्।

भूकम्पले घर भत्किएपछि जस्ताको टहरो र पालमा बस्दै आएका वृद्धवृद्धा चिसोका कारण ज्यान गुमाउनुपर्ने अवस्थामा पुगेको स्थानीय बासिन्दाले बताए।
चिसोले सोमबार ज्यान गुमाउनेमा लापिलाङ ३ का ७३ वर्षीय गम्भीर थामी, चंखु ७ की ५५ वर्षीया मिठ्ठु तामाङ, पवटी ५ का ५८ वर्षीय बमबहादुर तामाङ, कालिञ्चोक १ की सुनमाया थामी र शैलुंगेश्वर ५ की ८२ वर्षीया देवकुमारी कार्की छन्।

यसअघि भूकम्पले घर भत्काएपछि टहरोमा बस्दै आएका मेलुङ ८ की ६८ वर्षीया विष्णुमाया श्रेष्ठ र ७० वर्षीय जगतबहादुर श्रेष्ठ, दोलखा डाँडाखर्क ८ का ९५ वर्षीय धनराज तामाङ, झुले ७ का ८६ वर्षीय लालबहादुर कार्की, झुले ४ का ८३ वर्षीया जानुका कार्की, गैरीमुदी गाविसका ६८ वर्षीय लालबहादुर तामाङ, बुलुङ ८ का ६२ वर्षीय भक्तबहादुर मगर र जफे १ का ७९ वर्षीय भद्रकुमारी पोखरेलको चिसोका कारण मृत्यु भएको थियो।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख डा. माधव लम्सालले भने दोलखाका विभिन्न ठाउँमा मृत्यु भएका भूकम्पपीडित दम, मिर्गौलालगायत समस्याले पीडित भएको दाबी गरे । ती अधिकांश दीर्घरोगी भएकाले चिसोले समस्या थपेको उनले बताए।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget