काठमाडौं– पाँच दिनअघि विराटनगरस्थित जोगबनी नाकामा जबरजस्ती धर्नामा बस्न खोज्दा प्रहरीसँगको झडपमा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्यमा सुधार आउन नसकेको दाबी गर्दै पार्टी र परिवार स्रोतले उनलाई थप उपचारको लागि दिल्ली लैजाने तयारी गरेको छ ।
पार्टीका केन्द्रीय सदस्य उपेन्द्र यादवले महतोको सुगर र ब्लड प्रेसर उच्च रहेको भन्दै प्रहरीसँगको झडपका क्रममा लागेको चोटको हालसम्म कुनै उपचार हुन नसकेको बताए ।
‘५ दिनसम्म चिकित्सकहरुको उपचार सुगर र ब्लड प्रेसर नियन्त्रण गर्न मै केन्द्रित रहेको छ । टाउको र खुट्टामा लागेको चोटको मह्लमपट्टी लगाउनु बाहेक थप उपचार हुन सकेको छैन’ यादवले भने । आज बिहानमात्रैको रिपोर्टमा महतोको ब्लड प्रेसर १९० र सुगर ३५० आएको जानकारी दिँदै अहिले ब्याक पेनिङको समस्या पनि आएको बताए ।
‘प्रेसर र सुगर नियन्त्रणमा नआउँदै ब्याक पेनिङको समस्या निम्तियो’, उनले भने, ‘यसो रिपोर्ट आउँन बाँकी छ । पाँच दिनसम्म पनि अवस्था ठीक हुन नसकेपनि अब हामीले बाहिर लैजाने विषयमा सोचेका छौं ।’
स्रोतका अनुसार पार्टी नेताहरुले अस्पताल प्रशासनलाई ठीक हुने या नहुने स्पष्ट जवाफ दिन बेलुकासम्मको समय दिएका छन् । चिकित्सकहरुले चित्तबुझ्दो जवाफ नदिएको अवस्थामा भोली नै दिल्ली लगिने छ ।
अस्पतालमै रहेका महतोसँगै रहेका एक सहयोगीका उनले चिकित्सकको सल्लाहअनुसार झोलिलो र सामान्य खाना खाइरहेका छन् । यस्तै टाउकोको चोटका कारण उन उठ्न सक्दैनन् भने बलजफ्जी उठ्न खोजे रिंगटाले सटाउने गरेको छ ।
महतोको विराटनगरस्थित गोल्डन अस्पतालमा उपचार भइरहेको छ ।
ratopati
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.