आज काठमाडौं उपत्यकाका २९ डिपोबाट २ हजार १ सय ७० सिलिण्डर नेपाल ग्यास वितरण हुने भएको छ।
नेपाल ग्यास उद्योगले ७ दशमलव १ केजीको ग्यास वितरणका लागि विभिन्न २९ डिपोहरुमा पठाइन लागेको जानकारी दिएको छ। उद्योगका अनुसार प्रतिडिपो ७० देखि २ सय १० सिलिण्डरसम्म ग्यास वितरण हुनेछ।
ग्यास वितरण हुने खवर पाएसँगै डिपोहरुमा सर्वसाधारणको भीड लागेको छ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.