विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका महतोलाई अस्पतालको पेइङ वार्डमा पुगेर मन्त्री पोखरेलले भेटेर स्वास्थ्य लाभको कामना गरेका हुन् । धरान १८ स्थित नेपाल बौद्ध गुम्बाको रतज जयन्तीको उद्घाटन गर्न आएका मन्त्री पोखरेलले महतोलाई अस्पतालमै गएर भेटेका थिए ।
भेटका क्रममा महतोले प्रहरीले आफुलाई विना कारण कुटेर घाईते बनाएको भन्दै पोखरेललाई शरिरको चोट देखाएका थिए । महतोले मन्त्री पोखरेललाई स्वास्थ्यमा सुधार हुदै आएको जानकारी गराउका थिए ।
मन्त्री पोखरेलले महतोलाई भेटेपछी स्वास्थ्य लाभको कामना गर्दै अस्पतालबाट निको भएपश्चात घर फर्किएर संविधान कार्यान्यनमा सहयोग पुर्याउन र आन्दोलनका कार्यक्रम स्थगित गरि वार्ता र छलफलको माध्यमबाट बर्तमान समस्या समाधान गर्न वार्तामा आउन आवहन गरेका छन् ।
पोखरेलले महतोलाई सबैधानिक प्रकृया आउन र सिमानाका केन्द्रित आन्दोलन बन्द गर्न समेत आग्रह गरे । विराटनगरको गोल्डेन अस्पतालबाट रेफर भएपछी महतो सोमबार प्रतिष्ठान भर्ना भएका हुन् ।
टाउको, हात र खुट्टाका विभिन्न भागमा चोट लागेका महतोको प्रतिष्ठानको न्युरो सर्जन, फिजिसियन र अर्थोपेडिक्स चिकित्सकले उपचार गरिरहेका छन् । महतोको मधुमेह र उच्चरक्तचाप भएका कारण थप उपचार आवश्यक भएको चिकित्सकले बताएका छन् ।
annapurnapost
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.