लोडसेडिङ अन्त्यको एक मात्र विकल्प बुढीगण्डकी जलविद्युत् आयोजना हुनसक्छ । तर, त्यो आयोजना सम्पन्न गर्न दुई खर्ब ५५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । निर्माण सुरु गरेपछि कम्तीमा आठ वर्ष लाग्ने
अनुमान गरिएको छ, तर सुरु कहिले हुने थाहा छैन । ‘बुढीगण्डकी र अन्य जलाशययुक्त आयोजनाको निर्माण तत्काल अगाडि बढाउनुको विकल्प छैन,’ प्राधिकरणका उपकार्यकारी निर्देशक भाटले भने, ‘अन्यथा नेपालको यात्रा अन्धकारमा बस्ने र भारतबाट विद्युत् आयात गर्नेतर्फ केन्द्रित हुने देखिन्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
.ratopati
Post a Comment