परासी, पुस १५ । नवलपरासीस्थित अरुणखोला जंगलमा गएराति भएको सबारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवल–नारायणगढ सडकखण्डमा पर्ने अरुणखोला जंगलमा पोखराबाट दिल्लीका लागि छुटेको ना५ख ९४२४ बससँग अरुणखोलाबाट चोरमारातर्फ जाँदै गरेको लु१७प ९८५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा नवलपरासी मध्यविन्दु नगरपालिका–८ का २२ वर्षीय रवि भण्डारी र ओमप्रकाश योगी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु दुबै मोटरसाईकलमा सवार थिए ।
चालकसहित बसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
imagekhabar
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.