निलम्बन सिफारिस भएको तीन दिनपछि बयान दिन पुगेका वन्तले उपसचिव चुडामणि न्यौपाने, डिएसपी माधव खत्री र इन्स्पेक्टर आनन्दजंग थापालाई अनुनयको शैलीमा भने, ‘म नभएको कुरा केही गर्दिनँ, सब भन्छु । तर, केही सोध्नुभन्दा पहिला मेरा कुरा सुनिदिनुपर्यो ।’ भने, ‘अस्तीसम्म फुली लगाएर हिँडेको आइजिपीजस्तो मान्छे, आजै म कुन हालतमा पुगेँ … अरु मान्छेख भए बेहोस हन्थ्यो कि हार्ट अट्याक भएर मरिसक्थ्यो । म हिम्मत गरेर यहाँ आएको छु, सत्य बोल्नलाई ।’ चूडामणिले भने, ‘हामी पनि कर्मचारी हौं सर, हजुरलाई थाहै छ, दिएको जिम्मेवारी पूरा गर्नैपर्यो । ’ न्यास्रिएर मरिचझैं चाउरिएका वन्तले थपे, ‘क्यान्सरपीडित मेरी श्रीमतीलाई क्यान्सरको समस्या थियो । अख्तियारले काबारही गर्ने भयो भन्ने सुनेपछि बेहोस भएकी उनी म यहाँ आउँदासम्म होस्मा आएकी छैनन् । बिगारेकै भए पनि मैले बिगारेँ होला, बिचरीको के दोष थियो ? त्यसपछि वन्त हिक्कहिक्क गर्दै रुन थाले, आजको जनआस्था साप्ताहिकले खबर लेखेको छ ।
ratopati
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.