आज राजा वीरेन्द्रको जन्म दिन
काठमाण्डाै, १४ पुस– सम्भवतः नेपालीहरुमा सबैभन्दा लोकप्रिय राजा वीरेन्द्रको मंगलबार जन्मदिन परेको छ । २००२ साल पुस १४ गते जन्मेका राजा वीरेन्द्रको रहस्यम दरबार हत्याकाण्डमा २०५८ साल जेठ १९ मा मृत्यु भएको थियो ।
राजा वीरेन्द्रको हत्यापछि नै धेरैले नेपालबाट राजसंस्था अन्त्य भएको महशुस गरेका थिए । नभन्दै उनका भाई ज्ञानेन्द्रको शासन जनताले मन पराएनन् । फलस्वरुप नेपालबाट राजसंस्था नै खारेज भयो । राजा वीरेन्द्रलाई अन्य राजाहरुको तुलानामा उदार, राष्ट्र र जनताप्रेमीका रुपमा लिइन्छ । २०४६ सालको आन्दोलनलाई सम्बोधन गर्दैै वीरेन्द्रले ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गर्दै बहुदलीय प्रजातन्त्रको बहाली गरेका थिए । पीता महेन्द्रबाट लखटिएका विपी कोइरालालाई ३३ सालमा वीरेन्द्रले बोलाएर उपचारको बन्दोबस्त गरेका थिए ।
४५ सालमा कांग्रेस र कम्यूनिस्टहरुलाई हातमा लिएर नेपालमा भारतले नाकाबन्दी गरेको थियो । जसरी अहिले मधेसी मोर्चालाई हातमा लिएर नेपालमा भारतले नाकाबन्दी जारी राखेको छ । ४६ सालको आन्दोलन सफल भएपछि भारतले गिरिजाप्रसाद कोइरालामार्फत भारतले नेपालमाथि धेरै किशिमका स्वार्थ पूरा गर्न खोजेको थियो । त्यसलाई राजा वीरेन्द्रले रोकेका थिए । काठमाण्डाै टुडे बाट
purbelinew
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.