२०७२ पौष १५ बुधवार
काठमाडौं : नेपालका लागि भारतीय राजदूत रन्जित रेले अहिलेको असहज अवस्थाले वार्ताबाटै छिटो निकास पाउने विश्वास व्यक्त गरेका छन् ।
राजदूत रेले सरकार, राजनीतिक दलहरु र आन्दोलनरत पक्ष बार्तामा बसेर छिटो निकास खोज्नुपर्ने सुझाव दिएका छन् । उनले सहमतिको वृहत् खाका तयार भइसकेको विश्वास व्यक्त गर्दै भने, 'अब वार्तामा बसेर निश्कर्षमा पुग्न मात्रै बाँकी होला भन्ने हामीलाई लागेको छ।'
उनले मधेसलाई सम्बोधन गर्न नेपाल सरकारले गरेको तीनबुँदे प्रस्ताव सकारात्मक र महत्वपूर्ण रहेको र भारतले यसको समर्थन र स्वागत गरिसकेको गरिसकेको बताउँदै भने, 'अब तत्काल नेपाल सरकार र राजनीतिक दलहरु र आन्दोलनरत मधेसी मोर्चा वार्तामा बसेर एउटा निश्कर्षमा पुग्नुपर्छ। हामी त्यसको प्रतिक्षा गरिरहेका छौं ।'
उनले असहज आपूर्तिको फाइदा उठाएर भइरहेको इन्धन कालोबजारीबाट नेपाल भारत दुवैलाई नोक्शानी पुगेको बताउँदै भने, यो अवस्था छिटो अन्त्य हुनुपर्छ .उनले नेपालमा भइरहेका भारतविरोधी गतिविधि भारतलाई मात्र नभइ नेपालको अहित गर्ने बताए ।
प्रधानमन्त्रीको भारत भ्रमणबारे राखिएको जिज्ञासामा उनले भने, प्रधानमन्त्रीलाई भारत भ्रमणका लागि निम्ता भइसकेको छ । कुनै पनि बेला उहाँ भारत जान सक्नुहुन्छ । तर प्रधानमन्त्रीको भ्रमणका लागि आवश्यक गृहकार्य गर्न बाँकी रहेको बताउँदै भने, प्रधानमन्त्रीको भारत भ्रमणका लागि धेरै महत्वपूर्ण कुरा हुनुपर्छ, त्यो भएको छैन ।
राजदूत रेले दुई देशको मित्रताको आधारे विकास रहेको उल्लेख गर्दै भने, नेपाल भारत मिलेर ठूलो योजना सफल बनाउनुपर्छ । दुवै देशका जनतालाई मित्रताको सन्देश दिनुपर्छ । उनले नयाँ र थप सम्झौता र सन्धि गर्नेभन्दा पनि भइसकेको सन्धि सम्झौताको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले भने, हामीबीच धेरै सन्धि र सम्झौता भए, काम काम भएको छैन । अब कार्यान्वयनमा जोड दिनुपर्छ ।
annapurnapost
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.