गृहमन्त्री बस्नेत भन्छन्- महतोलाई नेपाल प्रहरीले कुटेको छैन्, भारतीय प्रहरीले पिट्यो

काठमाडौं, १३ पुस । गृहमन्त्री शक्ति बस्नेतले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि नेपाल प्रहरीले आक्रमण नगरेको दाबी गर्नुभएको छ ।
शनिबार विराटनगर–जोगवनी नाकाका धर्ना दिने क्रममा झडप हुँदा महतो घाइते हुनुभएको थियो । सोमबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीलाई घटनाबारे जानकारी गराउँदै गृहमन्त्री बस्नेतले महतोसहितका नेताहरू जोगवनीबाट नाराबाजी गर्दै विराटनगरको रानी भन्सार नाकामा आएको र प्रहरीले पटक–पटक चेतावनी दिँदा पनि नहटेको बताउनुभयो ।
आयोग स्रोतका अनुसार प्रदर्शनका क्रममा केही आन्दोलनकारी भारततर्फ गएर नेपाली सुरक्षाकर्मीलाई ढुंगा हानेको र त्यस क्रममा भारतीय सुरक्षाकर्मीले पनि लाठीचार्ज गरेको दाबी पनि उहाँले गर्नुभएको थियो ।
‘अधिकांश आन्दोलनकारी नेपालतर्फ थिए भने केहीले भारतीय भूमि जोगवनीतर्फ गएर नेपालतर्फ ढुंगा हानेका थिए’ बस्नेतको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो– ‘पछि महतो घाइते भएको भन्दै भारततर्फबाट एम्बुलेन्समा ल्याइयो । महतो आन्दोलनकारीले हानेको ढुंगा लागेर घाइते हुनुभएको हो कि भारतीय प्रहरीको लाठी लागेर अझै खुल्न बाँकी छ । तर, नेपाल प्रहरीले आक्रमण गरेको छैन् ।’
उहाँले गृहमन्त्रीले महतोको स्वास्थ्य अवस्था अहिले गम्भीर नरहेको दाबी गर्नुभयो । गत शनिबार विराटनगरस्थित रानी भन्सार कार्यालय नजिक प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप हुँदा महतो घाइते हुनुभएको थियो ।
घटनाबारे आजै गृहमन्त्री बस्नेतले व्यवस्थापिका संसदलाई समेत जानकारी गराउनुभएको थियो ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget