उपराष्ट्रपतिलाई ७२ वर्षिय बुबाको आशीर्वाद ‘तेरो छोरोलाई पनि उपराष्ट्रपति बनाएस्’

चिसोका कारण दोलखामा मात्रै भूकम्पपीडित ६ जनाको ज्यान गयो
काठमाडौं, पुस १२ । लिबाङको औपचारिक कार्यक्रम सकिन पाएको थिएन । जन्मघर राङ्सीका लागि उपराष्ट्रपति पासाङ सेनाको हेलिकोप्टरमा उडे । अपराह्न पौने चार बजे राङ्सी–९ भनभनेस्थित हेलिप्याडमा पासाङ ओर्लिए । पासाङ आकाशमा उडिरहँदा नै हेलिप्याडवरिपरि गाउँले भीड लागिसकेका थिए । सेता दौरा–सुरुवाल, खैरो स्वेटर, कालो कोट र कालै भादगाउँले टोपीमा ठाँटिएका पासाङको हिँडाइ सैनिक कमान्डरसरह नै देखिन्थ्यो, फूर्तिलो ।
तुसारो पग्लिएर बाटो हिलो भएको थियो । हेलिप्याडबाट हिलो बाटो हुँदै १० मिनेटको पैदलमा घरअगाडि पुगे, फूलमालाको स्वागत खाँदै । घरैअगाडि छोराको स्वागतका लागि खडा थिए, ७२ वर्षका बुबा रामसुर पुन । अन्य शुभचिन्तक पनि स्वागतमा लामबद्ध थिए ।
उपराष्ट्रपति पासाङका निधारमा बुबा रामसुरले रातो टीका लगाइदिए । आशीर्वाद दिँदै भन्न थाले, ‘तँ पनि भाग्यमाने रइचस्, म पनि भाग्यमानी रइचु, तेरो इच्छा पनि पूरा भो होला, मेरो इच्छा पनि पूरा भयो’ । रामसुरले छोराको गलामा सयपत्री फूलको माला भिराइदिए । पासाङले बुबाको गोडा ढोगे । यतिवेलासम्म रामसुरले आशीर्वाद थप्न भ्याइसकेका थिए, ‘मैले तँलाई जन्माई–हुर्काइउरी उपराष्ट्रपति बनाएँ, तैँले पनि तेरो छोरालाई उपराष्ट्रपति बनाएस् । अरू धेरै कुरा त के भनम् र ।’ उपस्थित सबै बूढा बाका कुरा सुनेर गलल्ल हाँसे । एकैछिनमा पासाङ घरको आँगनतिर लागे ।
आजको नयाँपत्रिका दैनिकबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget