नागरिकताको समान व्यवस्था नभए नेपालको आन्दोलन झनै चर्किन्छः भारतीय नेता


जलेश्वर–भारतमा नेपाली महिलाको विहे हुँदा भारतले आफ्ना अन्य नागरिक झै सवै क्षेत्रमा समान अधिकार दिएको तर नेपालमा जारी नयाँ संबिधानले भारतिय मुलकी महिलाको हकमा सो व्यवस्था नगरि नेपाल भारतको सम्बन्ध चिस्याउन खोजेको आरोप भारतका पुर्व केन्द्रिय मन्त्री प्रा.डा. रघुवंश प्रसाद सिंहले लगाएका छन् ।

नागरिकता र अन्य प्रावधान नेपाल सरकारले संसोधन नगरे नेपालले ठुलो क्षति व्यहोर्नु पर्ने समेत उनले चेतावनी दिए ।

मधुबनी जिल्लाको मधवापुर प्रखण्ड स्थित गान्धी मैदानमा नेपाल भारत मैत्री यात्रामा रहेका डा.सिंहले नेपालको मामलामा कुनै हेक्का नराखी यस्तो चेतावनी दिएका हुन् ।

नेपाल र भारतको वर्षौ देखिको सम्बन्धमा खस समुदायले विभिन्न प्रपन्च रची सम्बन्ध विगार्न खोेजेकोमा मधेशका जनता सो प्रति सचेत हुनु पर्ने समेत कथन थियो ।

साथै नेपालका विदेश तथा उपप्रधानमन्त्री कमल थापाले भारतिय सरकारसंग साठगाठ गरि सिमाक्षेत्रमा तस्करी गराएर मधेश आन्दोलन दबाउन खोजेको आरोप समेत उनले लगाएका छन ।
सदियौ देखि राम जानकी विवाह नेपाल र भारतका लाखौ श्रद्धालुको सहभागितामा हुने गरेको तर नेपालका राष्ट्रपतिको हठका कारण जनकपुर आक्रान्त भएको र मध्यप्रदेश लगायत भारतका विभिन्न राज्यवाट विवाहपन्चमीमा गएका श्रद्धालु जानकी माताको दर्शन समेत गर्न नपाई त्रसित अवस्थामा फर्कनु परेको उनले बताए ।

मधेशीको मांग अविलम्ब सम्बोधन नभए आफु स्वयम मधेश देखि काठमाडौसम्म यात्रा गरि आन्दोलनमा सहभागी हुने डा.सिंहले बताए ।
ratopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget