विद्युत सबस्टेसनमा भीषण आगलागी

गोलबजार (सिरहा) : लहान नगरपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा भर्खरै मात्र भीषण आगलागी भएको छ ।

आगलागी नियन्त्रणका लागि लहान नगरपालिकाको वारुणयन्त्र घटनास्थल पुगेको छ ।

नेपाली सेना, नेपाल नेपाल र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी आगो नियन्त्रणमा लिने प्रयासमा जुटिरहेका छन् । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी भीषण भएका कारण नियन्त्रणमा लिन समस्या भइरहेको सबस्टेसनका कर्मचारी प्रदीप गोइतले जानकारी दिए ।

आगलागी कसरी भयो भन्ने बारेमा केही खुल्न सकेको छैन । तर विद्युत चुहावट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । अहिले लहान लगायत क्षेत्रमा विद्युत् लाइन काटिएको छ । रासस annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget