काठमाडौं, १५ मंसिर । हाल भारत भम्रणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग औपचारिक भेटवार्ता गर्नुहुने भएको छ ।
नेपालस्थित परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री थापाले बुधबार विहान ९ बजे स्वराजलाई भेटेर नाकाबन्दी हटाउने बारे छलफल गर्नुहुने बताइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष समेत रहनुभएका मन्त्री थापाले दिल्लीमा रहदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ताको प्रयास गर्नुहुनेछ । यद्यपी समय तय भएको छैन् ।
सोमबार निजी भ्रमणका क्रममा भारतको बेंगलोर प्रस्थान गर्नुभएका मन्त्री थापा बुधबार साँझ नै स्वदेश फर्कने राप्रपा नेपालका महामन्त्री राजाराम बर्ताैलाले जानकारी दिनुभयो ।
dainiknepal
Post a Comment