धनगढी, १५ मङ्सिर-
नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले नेपाल र भारतबीचको सम्बन्धमा देखिएको चिसोपनप्रति चिन्ता व्यक्त गरेकी छिन् ।
धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले पछिल्लो पटक तराई मधेसमा देखिएका समस्या समाधानका लागि आन्दोलन नभई वार्ता उत्तम विकल्प भएको बताइन्
उनले तराई मधेसका समस्या समाधान संवादबाट खोजिनुपर्ने बताइन् ।
कोइरालाले नेपाली काँग्रेसको आगामी महाधिवेशनमा आफूले पार्टी सभापति पदमा उम्मेदवारी दिने नदिनेबारे पार्टीका नेता कार्यकर्तासंग सल्लाह, सुझावका आधारमा निर्णय लिने बताइन् ।
etajakhabar
Post a Comment