पहारी भन्छन्- मधेसी नेताहरुको नागरिकता छानविन गरेर एक-एकलाई जेल हालौं

धनगढी, १२ पुस । युवा संघका केन्द्रिय अध्यक्ष राजिव पहाडीले देशको अखण्डता र राष्ट्रियतामाथि धावा बोेलिरहेका कथित मधेश आन्दोलनका चार जना नाईकेलाई राजद्रोहको मुद्धा लगाउनुपर्ने बताएका छन् ।
युवा संघ नेपाल कैलालीले आईतबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पहाडीले नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त नयाँ संविधानलाई जलाउने, देशलाई भारतीय ईशारामा छिया छिया पार्ने र मधेशलाई भारतमा बिलय गराउने योजनाका साथ मधेशका नाममा उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र राय यादव र महन्थ ठाकुर लगायतका व्यक्तिलाई राज्यले कडा भन्दा कडा कानुन लगाएर जेल हाल्नुपर्ने बताएका छन् ।
उनले भने– नेपाली जनताको कर, कुर्सी र जनताले दिएको आशनको दुरुपयोग गर्दे भारतीय ईशारामा नेपाल आमाको सत्तोसरा गर्ने अनि सीमा नाकामा बसेर नेपाली सुरक्षकर्मीहरुमाथि जाई लाग्ने कदापी नेपाली हुन सक्दैनन् ।
नेपाली जनताले प्राप्त गरेको नयाँ संविधान नेपाली जनताले नै बनाएको अवस्थामा तराईमा जनलहर र जनविश्वास गुमेका केहि भारतीय दलाल नेताहरुले पुरानो सत्ता र कुर्सी फर्काउका लागि केवल सत्ता मोहमा मधेशी जनतालाई भ्रममा पारेर गरिरहेको आन्दोलनको कुनै अर्थ नरहेको उनले बताए । नयाँ संविधानले हिमाल, पहाड, तराई र मधेशका जनताका हक, अधिकारलाई सुरक्षित पारेको अवस्थामा त्यसको सहि कार्यान्वयनका लागि युवा संघ नेपालले तराई मधेश जागरण अभियान सञ्चालन गरेको पनि अध्यक्ष पहारीको भनाई रहेको छ ।
तरार्यमा बिद्यमान दाईजो, बाल बिबाह, बोक्सी प्रथादेखि लिएर भ्रष्टाचार जस्ता बिद्यमान मुद्धाहरुको अन्त्यका लागि पनि युवा संघ नेपालले आफनो अभियानलाई अघि बढाएको आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पहाडीले जानकारी दिए ।
युवा संघ नेपालले नयाँ संविधानका अन्तरबस्तुहरुलाई तराई मधेशका जनतालाई जानकारी गराउने र रचनात्मक कार्यहरु मार्फत मधेशी जनतालाई राष्ट्रिय एकताको मालामा गाँसेर अघि बढ्ने योजनाका साथ लागि परेको पनि बताए ।
जो जो ले तराईका जनताको हित विपरित कार्यहरु गरेका छन् उनीहरु कदापी नेपाली हुन नसक्ने, भारतको ग्राम पञ्चायतमा चुनाव हारेका अनि नेपालमा संसद सदस्य समेत बनेर राष्ट्रियतामाथि धावा बोल्ने गलत व्यक्तिहरुका नागरिकतामाथि समेत छानविन गरेर कारवाही अगाडी बढाउनुपर्ने माग युवा संघले सरकार समक्ष गरेको पनि पहाडीले बताए ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget