१२ औं खेलमा नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल भारत विरूद्ध

बिमल घर्तिमगरले खेलको तेस्रो मिनेटमै गोल गरे
नेपालले पछिल्लो ११ खेलको गोलरहित निरन्तरतालाई क्रम भङ्ग गरेको छ। साफ च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा तेस्रो मिनेटमा गोल गर्दै विमल घर्तीमगरले दुई वर्षपछि नेपालका लागि अन्तराष्ट्रिय गोल दिलाएका हुन्।
बाह्रौं खेलमा नेपालका लागि अन्तराष्ट्रिय गोल गर्ने क्रममा रन्जित धिमालको प्रहार पोलमा लागेर फर्किएको थियो। उक्त फर्किएको बललाई विमलले खेर जान दिएनन् र गोलमा परिणत गरे।
सन् २०१३ को साफ च्याम्पियनसीपमा भारतविरुद्ध २-१ को जित दर्ता गरेको नेपालले त्यसपछि कुनैपनि खेलमा नेपालले गोल गर्न सकेको थिएन। यहि प्रतियोगीतामा सेमिफाइनलमा अफगानिस्तानसँग १-० ले पराजित भएदेखि लगातार ११ खेलेको हो।
यसपटकको साफ च्याम्पियनसीपको पहिलो खेलमा नेपालले श्रीलङ्का विरुद्ध गोल गर्न सकेन। त्यसपछि खेलेका ६ मैत्रिपूर्ण खेलमा पनि नेपालले गोल गर्न नसकेको हो।
मैत्रिपूर्ण खेलमा यमनसँग २-० ले पराजित नेपाल फिलिपिन्ससँग ३-०ले पराजित भयो। यस्तै इन्डोनेसियासँग २-०ले पराजित भएको नेपालले फिलिपिन्ससँग फेरि ३-०को हार व्यहोर्‍यो। यसैबर्ष साउन ३० गते पुनेमा भारतसँग गोलरहित बराबरी खेलेको थियो।
साफ च्याम्पियनसीपको तयारीस्वरुप बंगलादेशसँग खेलेको मैत्रिपूर्ण खेलमा नेपाल १-०ले पराजित भयो।
विश्वकप छनोटको पहिलोचरणमा पनि नेपाल र भारतबीचको पहिलो लेगमा नेपाल २-० ले पराजित भयो भने दोस्रो लेग गोलरहित बराबरीमा सकिएको थियो।
setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget