सरसफाई दुत बनेपछि हास्यकलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सरसफाईका क्रममा आइतबार सर्लाही पुगे । पहाडका केही जिल्ला सकेर बिहिबारदेखि तराईका जिल्लामा उनीहरुले सरसफाई सुरु गरेका थिए ।
पुस १६ गते झापा पुगेर टुंगिने उनीहरुको सरसफाई यात्रा चलिरहँदा आइतबार भने उनीहरुले अहिलेसम्मकै ठूलो जनसमुदायले सघाएको देखे ।
सेतोपाटीसँग कुरा गर्दै धुर्मुस–सुन्तलीले भने,‘आज बिहान चन्द्रनिगाहपुरबाट सुरु भएको हाम्रो सरसफाई यात्रा हरिवन, लालवन्दी हुँदै इश्वरपुरसम्म पुगेका थियौं । इश्वरपुरमा त 'धुर्मुस–सुन्तलीको अभियानमा त सघाउनुपर्छ है' भन्दै आन्दोलनरत मोर्चाका कार्यकर्ताले पनि सघाउनुभयो । हामीले अभियान सुरु गरेदेखि आज पहिलोपल्ट यत्रो जनसागर देख्यौं । अब भने हाम्रो अभियानले साकार रुप लिन्छजस्तो लागेको छ । हामीलाई थप उर्जा मिलेको छ ।’
setopati
Post a Comment