वैद्यले पार्टी नछाडेको भए संविधान बन्दैनथ्योः प्रचण्ड
काठमाडौं– एमाओवादी अध्यक्ष प्रचण्डले घुमाउरो शैलीमा मोहन वैद्यले पार्टी छाड्दा संविधान बनेको र बाबुरामले पार्टी छाड्दा पार्टी बन्ने बताएका छन् ।
एक पत्रिकासँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । प्रचण्डले अन्तर्वार्तामा भनेका छन्, ‘हालै केन्द्रीय समिति बैठकमा एकजना जिम्मेवार कमरेडले भन्नुभयो–यदि वैद्यजी विभाजित नभएको भए नेपालमा संविधान बन्दैनथ्यो । बाबुरामले नछाडेको भए पार्टी बन्दैनथ्यो ।’
उनले बाबुरामले पटक पटक समस्या ल्याएर अप्ठेरो पार्ने गरेको र वैद्यले पनि संविधानसभाप्रतिको धारणा कहिल्यै सकारात्मक नराखेको बताएका छन् ।
यद्यपी उनले दुबैले पार्टी छाड्दा आफूलाई दुख लागेको बताए उनले भने, ‘वैद्यजी फेरि एकतामा आउनुपर्छ, बाबुरामजी फर्कनुपर्छ । झन्डै ३० वर्षदेखि एउटै कमिटीमा बसेका साथी जाँदा कहिलेकाहीं बडो नमीठो लाग्छ ।’
उनले बाबुरामले गलत समयमा पार्टी छाडेको भन्दै त्यसलाई नेपाली जनताले राम्रोसँग बुझेको समेत बताएका छन् ।
ratopati
Post a Comment