मोर्चाको नारा– पहाडीया सिडिअो मधेस छोड

मोर्चाको नारा– पहाडीया सिडिअो मधेस छोड (भिडियो)
राैतहट–मधेसी मोर्चाका कार्यकर्ताले पहाडी मुलका प्रमुख जिल्ला अधिकारी (सिडिअो) लाई मधेस खाली गर्न भन्दै नाराबाजी गरेका छन्। उनीहरूले मधेस छाडेर पहाडमै फिर्ता जान चेतावनी दिएका छन्।


राैतहटको गाैरस्थित जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना र प्रदर्शन गरेका मोर्चा कार्यकर्ताले ‘पहाडीया सिडिअो वापस जाअो’, ‘पहाडीय सिडिअो मधेस खालि करो’ जस्ता नारा लगाएका छन्। जिल्ला प्रशासन कार्यालयको द्वारमा धर्ना बसेका अान्दोलनकारीले प्रशासन कर्मचारीलाइ कार्यालय प्रवेशमा रोक लगाएका थिए। सुरक्षाकर्मीको घेरामा प्रमुख जिल्ला अधिकारी र कर्मचारी कार्यालय छिरेका थिए।

मोर्चा कार्यकर्ताले ‘नश्लवादकी राजनीति बन्द करो’, ‘शान्तपूर्ण मधेस अान्दोलन जारी छ,’ भन्दै नाराबाजी गरेका छन्। गाैरमा मोर्चाको प्रदर्शन जारी छ।
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget