प्रचण्डले गृहमन्त्रीलाई फोन गरेर भने, ‘राजेन्द्र महतोलाई त्यति धेरै कुट्नु हुन्थेन’

काठमाण्डु, १२ पुस– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समस्या समाधानका लागि काठमाण्डुमा सकारात्मक वार्ता चलिरहेका बेला विराटनगरमा मधेसी मोर्चाको एक घटक सदभावना अध्यक्ष राजेन्द्र महतोको प्रहरी कुटाइबाट टाउको फुटेको घटनालाई लिएर गृहमन्त्री शक्ति बस्नेतसँग असन्तुष्टि जनाएका छन् ।

कार्यकर्तासहित रानी भन्सार कार्यालयमा धर्ना बस्न पुगेका महतोको प्रहरी आक्रमणमा शनिबार टाउको फुटेको थियो । शनिबार काँग्रेस सभापति सुशील कोइराला निवासमा बसेको काँग्रेस, एमाओवादी र मोर्चाको बैठकमा मोर्चा नेताहरुले रानी भन्सार घटनाबारे कुरा उठाएपछि प्रचण्डले बैठकस्थलबाटै गृहमन्त्री बस्नेतलाई टेलिफोन गरेका थिए ।
वार्तामा सहभागी सदभावना महासचिव मनिष सुमनले प्रचण्डले घटनाबारे आपत्ति जनाएको काठमाण्डु टुडेलाई बताए । ‘राजेन्द्र महतोमाथि जे भयो त्यो राम्रो भएन’, प्रचण्डको भनाइ उद्धृत गर्दै सुमनले भने, ‘यो त धेरै नै भयो, यो घटनाले वार्ताको वातावरण बिग्रियो ।’ सुमनका अनुसार घटना किन र कसरी भयो भन्नेबारे प्रचण्डले गृहमन्त्री बस्नेतसँग जानकारी मागेका थिए । तर बस्नेतले तत्काल जानकारी दिन सकेनन् ।

‘प्रचण्डजीले घटना कसरी भएको हो भन्नेबारे तत्कल जानकारी चाहियो भन्नुभयो’। सुमनले भने, ‘गृहमन्त्रीले आफूलाई थाहा नभएको र बुझेर खबर गर्ने लाचारी जवाफ दिनुभयो ।’ गृहमन्त्रीले घटनाको कारण पत्ता लगाएर टेलिफोन गर्ने बताए पनि बैठक बसुञ्जेल गृहमन्त्रीको फोन नआएको सुमनले बताए ।
kathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget