पाकिस्तानमा ७ दशमलव ५ रेक्टरस्केलको भूकम्प

पाकिस्तानमा शक्तिशाली भूकम्प
पेशावर–पाकिस्तानमा शनिबार राति शक्तिशाली गएको छ। भूकम्पमा परी २ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्। भूकम्पको केन्द्र अफगानिस्तान–ताजिकिस्तानको सीमामा जमिनभन्दा १९७ किलोमिटरको तल रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

स्थानीय समयानुसार शनिबार राति ११ बजेर १६ मिनेट जाँदा आएको भूकम्पको तीव्रता ६ दशमलव ९ रेक्टरस्केलको रहेको संचारमाध्यमले उल्लेख गरेका छन्। भूकम्पका कारण पाकिस्तानी सेनाको एक चेकपोष्ट ध्वस्त भएको छ भने एक सेनाका जवानकोसमेत मृत्यु भएको छ। गत २६ अक्टोबरमा पनि पाकिस्तानमा ७ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको थियो। जसमा परी ४ सयको मृत्यु भएको थियो भने अन्य धेरै घाइते भएका थिए।

तीन महिनाभित्र दुईवटा शक्तिशाली भूकम्प गएपछि अक्टोबर २००५ को विनाशकारी भूकम्पको सम्झना दिलाएको छ। २००५ को विनाशकारी भूकम्ममा परी ७५ हजारभन्दा धेरैले ज्यान गुमाएका थिए भने ३५ लाखभन्दा बढी घरबार विहीन भएका थिए।
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget