देशको स्वतन्त्रताका लागि र देश बचाउन आजीवन लड्न तयार छौं– अध्यक्ष पहारी

, १० पुस-
नेकपा एमालेको भातृ संस्था युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिव पहारीले देशको स्वाधिनता र स्वतन्त्रताको लागि बर्षैंसम्म आजीवन लड्न समेत आफुहरु तयार रहेको बताएका छन् ।
राष्ट्रवादी आन्दोलनलाई नयाँ उचाई दिँदै डोल्पाको सदरमुकाम दुनै पुगेका पहारीले एमालेका विभिन्न सात जनवग्रीय संगठनको संयुक्त सम्मेलनलाई उद्घाटन गर्दै सो कुरा बताएका हुन् । आफ्नो निहीत स्वार्थपूर्तिका लागि देशलाई बन्धक बनाउने र देशको अस्मितामाथि खेलवाड गर्नेहरुलाई आजीवन जेल हाल्नुपर्ने भन्दै उनले देशद्रोहीहरुलाई अव युवा संघले खोजीखोजी राज्यको जिम्मा लगाउने बताए ।
‘युवाहरु विनावर्दीका सिपाही हुन् ।’ उनले भने– ‘हिजो पूर्खाले रक्षा गरेको स्वतन्त्रता र सार्वाेभौमिकताको रक्षाको लागि युवा संघ देश दौडामा निस्कँदा केही बिखण्डन वादीहरुले अस्तित्व धराप्मा पर्न खोजेको देखेर युवा संघलाई कार्वाही गर्न धम्मकी दिनु कायर र पराजीत मानसिकताको उपज हो ।’
देश र जनतालाई भड्खालोमा हाल्न खोज्न् जो कोहीलाई पनि कार्वाही गर्नु पर्ने आफ्नो अभिव्यक्तिलाई केही दलका नेताले अतिरञ्जित गर्दै युवा संघलाई मुख बन्द गर भन्नु हाँस्यास्पद भएको बताए ।
पहारीले हिमाल, पहाड, तराई कोही छैन पराई भन्ने मान्यतालाई थप मजबुत बनाउन युवा संघ देश दौडाहामा निस्कदा केही राष्ट्यि तत्वहरु र देशलाई सिकिमि करण गर्न चाहनेहरु तर्सिएको बताए । कालाबजारी र धोखाधडीहरु इमान्दार युवाहरुलाई सैय नहुने साथै त्यस्ता अविवेकी कुतत्वहरुलाई ठेगान लगाउन राज्यले जिम्मा दिएमा युवा संघ पछि नपर्ने बताए ।
.etajakhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget