उपमहानगरपालिकाले १ सय २५ वटा सिटि सफारी मात्र दर्ता गर्ने

 उपमहानगरपालिकाले १ सय २५ वटा सिटि सफारी मात्र दर्ता गर्ने
दिनेश गजमेर
धरान । अव्यवस्थीत रुपमा संञ्चालन भईरहेको सिटि सफारी धरान उपमहानगरपालिकाले १ सय २५ वटालाई मात्रै दर्ताका लागि सिफारिस दिने भएको छ । भदौ २९ गते बसेको सर्वदलिय संयन्त्रको बैठकले निर्णय गरे अनुसार यस वर्ष ७० वटालाई मात्रै दर्ताको लागि सिफारिस दिने र बाँकी ५५ वटालाई अर्को वर्ष दर्ताका लागि सिफारिस दिने भएको हो ।
धरान उपमहानगरपालिकाले संयन्त्रबाट गरेको नितिगत निर्णय पछि भदौ ३० गते स्थानिय संञ्चारमाध्यमहरुमा सुचना प्रकाशित गरि सिटि रिक्शा बिक्रि वितरण तथा खरिद नगर्न अनुरोध गरेको थियो । तर त्यस पछि पनि धरानमा सयौंको संख्यामा सिटि सफारी धरान भित्रिएका छन् । धरानमा अहिले ५ वटा सिटि सफारीका शोरुमहरुबाट करिब ४ सयको संख्यामा सफारी गुडिरहेको छ । भदौ ३० गते पछि भित्रिएका सिटि सफारीलाई दर्ता प्रक्रियाको सिफारिस नगर्ने सुचना जारी गरे पनि सफारी भित्रने क्रम रोकिएको छैन् ।
निर्णय भएको १ सय २५ वटा भन्दा बढी सिटि सफारीलाई नियन्त्रणमा लिने धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले बताए । उनले भने, नगरपालिकाको नितिगत निर्णय अनुसार पहिलो वर्ष ७० वटा गर्ने र बाँकी ५५ वटा अर्को वर्ष दर्ताका लागि सिफारिस दिने निर्णय भएको छ । उनका अनुसार यस वर्षको लागि ७० वटा सिटि सफारी दर्ता गर्ने प्रक्रियामा रहेको छ । जस मध्ये ५० वटा सिफारिस भईसकेको छ भने २० वटा सिफारिस गर्ने प्रक्रियामा छ । दर्ता प्रक्रिया सकिए पछि दर्ता नंम्बर नराखि संचालन भएका सिटि सफारीलाई नियन्त्रण गर्न जिल्ला ट्राफिक कार्यालय सुनसरी र धरान उपमहानगरपालिकाको समन्वय रहने कार्यकारी अधिकृत राईले बताए । ‘भदौ २९ गतेको निर्णय पछि भित्रिएका कुनै पनि सिटि सफारी दर्ता नहुने र नियन्त्रणमा लिनेछौं’ उनले भने ।
तर धरानमा संचालनमा रहेका रिक्शाको साटो भने केही सिटि रिक्शा थप्न सकिने उनले बताए । धरानमा अहिले ४ सय २६ वटा रिक्सा छन् । उनका अनुसार रिक्साको सट्टामा सिटि सफारी ल्याउने विषय छलफल चलिरहेको छ । तर सबै रिक्शाको साटो सिटि सफारी संचालन गर्न नपाईने उनले बताए । रिक्साको साटो कति सम्म सफारी थप्ने भन्ने विषयमा सहमती भए अहिले निर्णय गरेको संख्या बढ्न सक्ने उनको भनाई छ ।
अव्यवस्थीत रुपमा जथाभावि सिटि सफारी संचालन हुँदा धरानको ट्राफिक जाम बढ्दै गएको छ । जिल्ला ट्राफिक कार्यालयका इञ्चार्ज एवं सई राजकुमार कार्कीका अनुसार दर्ता र अनुमतिविना बग्रेल्ती चलेका सफारीले ट्राफिक समस्या निम्त्याइरहेको छ । सिटि सफारीले ट्राफिक जाम बढेकाले छुट्टै जनशक्ति खटाउनु परेको उनको भनाइ छ । गएको असारमा सफारी सञ्चालनको तयारी गरेदेखि नै टेम्पो चालक एवं व्यावसायी संगठनको विरोधले सफारी सिफारिश र दर्ता प्रक्रियामा अड्कीएको थियो । दर्ता प्रक्रिया ढिलो भएकाले तोकिएको संख्याभन्दा धेरै सफारी भित्रिएको उनले बताए । बालकदेखि वृद्धसम्मकाले लाईसेन्स बिना सवारी साधन चलाउने गरेका छन् । ट्राफिक नियम थाहा नभएकाले नो पार्किङमा रोकिने, यात्रु जहीत्यही चढाउने र झार्ने गर्दा ट्राफिक व्यवस्थापन झन समस्या थपिदै गएको छ । सफारीको रुट परमिट नभएकोले जहीत्यही चलेको छ । सिफारिश रोकिए पनि धरानमा सफारी भित्रिने क्रम रोकिएन । धरान उपमहानगरपालिकाको नितिगत निर्णय अनुसार दर्ता प्रक्रियालाई अघि बढे धरानको ट्राफिक व्यवस्थापनमा सहज हुने उनले बताए ।
वातावरणमैत्री धरान बनाउँन सिटि सफारी भित्र्याए पनि यसले विकृति बढाउँदै गएको सर्वदलिय संयन्त्रका संयोजक तथा नेपाली काँग्रेसका धरान उपमहानगर सभापति किशोर राईले बताए । जसरी अहिले सफारी धरान भित्रिएको छ, ठुलो समस्याको रुपमा रहेको उनले बताए । अव्यवस्थित रुपमा संचालन हुँदा ट्राफिक समस्या, कोलाहल पनि बढ्दै गएको उनको भनाई छ । यातायात व्यवसायीहरुको चासो बन्नुपर्ने तर उहाँहरुले केही पहल गर्न सक्नुभएको छैन, उनले भने, चाँडो भन्दा चाडो उपमहानगरपालिकाले अंगिकार गरेको १ सय २५ वटा सिटि सफारीलाई दर्ता प्रक्रिया र ७० वटा रुटको परिधि भित्र बसेर सफारी संचालन गर्न छलफल गर्नु पर्छ । जथाभावि संचालनमा आएका सिटि सफारीहरुलाई उपमहानगरपालिकाको नम्स अनुसार दर्ता प्रक्रियामा लगि नम्स बाहिरका लागि हटाउनुपर्ने उनको तर्क छ ।
/purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget