जनकपुरको प्रहरी चौकीमा पेट्रोल बम प्रहार, २ गम्भीर घाइते, ४ पक्राउ

१३ पुस, जनकपुर । जनकपुरको जानकी चोकमा प्रहरी र आन्दोलनकारीबीच सोमबार झडप भएको छ । झडपले केहीबेर स्थिति तनावग्रस्त भएको छ । विराटनगरको रानी भन्सार नाकामा धर्ना बस्न खोज्दा प्रहरीको हस्तक्षेपबाट सदभावना अध्यक्ष राजेन्द्र महतो घाइते भएको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन गर्दै जानकी चोकमा रहेको प्रहरी चौकीमा पेट्रोल बम प्रहार गरेका थिए ।
त्यसपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।झडपमा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा ज्ञानकुञ्ज जनकपुरका जितेन्द्र ठाकुर र जलेश्वरमा मनिष भण्डारी छन् । उनीहरुको जनकपुर अन्चल अस्पतालमा उपचार भैरहेको छ ।
प्रहरीले चार जना आन्दोलनकारीलाई नियन्त्रणमा समेत लिएको छ । जानकी चोकको प्रहरी चौकीमा पेट्रोल बम प्रहार गरेको र सार्बजनिक सम्पत्ति तोडफोडमा संलग्न भएको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
प्रदर्शनकारीले ढल्केबरको लक्ष्मीनिया चोकमा केही मोटरसाइकल पनि तोडफोड गरेका छन् ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget