पहिलाे महिनाकाे तलब १,२१,३६० रूपैयाँ पशुपतिनाथमा अर्पण

राष्ट्रपति भण्डारी पशुपतिनाथमाराष्ट्रपति भण्डारी पशुपतिनाथमा
काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र कल्याण र विश्व कल्याणको कामना गर्दै सोमबार पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेकी छिन्। राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक पूजा एवम् दर्शन गर्न पुगेकी उनले पहिलो महिनाको तलब रु. एक लाख २१ हजार ३६० पशुपतिनाथमा अर्पण गरेकी छिन्।


कोषका प्रमुख लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले राष्ट्रपतिले साे रकम दान गरेकाे पुष्टि गरे।

मुलुकमा भइरहेको सङ्कटबाट मुक्ति मिलोस् भन्ने कामना गर्दै राष्ट्रपति भण्डारीले राष्ट्र कल्याणको सङ्कल्पसहित विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टन्डनले जानकारी दिए।

'राष्ट्रपति भण्डारीले पञ्चामृत र अभिषेकसहित राष्ट्र कल्याण र विश्व कल्याणको कामनाका लागि सङ्कल्प गरी विशेष पूजा गर्नुभएको छ, बिहान १०:२० बजे पशुपतिनाथ मन्दिर प्राङ्गणमा आइपुग्नुभएकी राष्ट्रपतिले मन्दिर परिक्रमा विधिअनुसार प्रवेश गरी वासुकीनाथ र मूल मन्दिरमा पनि विशेष पूजा भक्ति निष्ठापूर्वक गर्नु भएको छ', टन्डनले भने।

राष्ट्रपति भण्डारीले शेषनारायण, लालगणेश, सूर्यनारायण, गङ्गामाई, सन्तापहरेश्वर, कीर्तिमुख भैरव, सितलामाई, चतुःषष्टि महादेव, उन्मुक्त भैरव र नवग्रहको दर्शन गरेर मूल भट्ट र अन्य भट्टद्वारा विशेष पूजा अर्चना गरेको कोषका निर्देशक भरत मरासिनीले जानकारी दिए।

उनले पशुपतिनाथको मूल मन्दिरको दर्शन गरी नन्दी, हनुमान, सत्यनारायणको पनि दर्शन गरेकी थिइन्। राष्ट्रपति पशुपतिनाथ मन्दिर परिसरमा आइपुग्दा पशुपति क्षेत्रका स्थानीयवासीले धिमे बाजाले स्वागत गरेका थिए। पश्चिमढोकाबाट मूल मन्दिरमा प्रवेश गर्ने बित्तिकै नेपाल वेद विद्याश्रमका वटुकले स्वस्तिवाचनबाट उनको स्वागत गरेका थिए।

पशुपति परिक्रमा र विशेष पूजा गरी राष्ट्रपति भण्डारीले करिब एक घण्टा पशुपति मन्दिर परिसरमा बिताएकी थिइन्।

राजतन्त्र कालमा राजाले पनि पर्व पर्वमा पशुपतिनाथमा दर्शन एवम् पूजा गर्ने परम्परा थियो।

अन्तरिम कालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र दोस्रो संविधानसभाको निर्वाचन गराउने मन्त्रिपरिषद् अध्यक्ष बनेका खिलराज रेग्मी पनि विशेष पूजाका लागि पशुपतिनाथ मन्दिरमा गएका थिए।

राष्ट्रपति भण्डारीले यसअघि कोषको सञ्चालक सदस्य भएरसमेत काम गरेकी थिइन्। विसं २०५१ को उपनिर्वाचनमा काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित भई उनले पदेन पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्य भई काम गरेकी थिइन्। पशुपति रहेको निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद कोषको पदेन सञ्चालक परिषद् सदस्य हुने व्यवस्था कोषको ऐनमा गरिएको छ । रासस
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget