जनकपुरमा झडप, आधादर्जन घाइते, पत्रकार पक्राउ

जनकपुर, पुस १३ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि विराटनगरस्थित रानी बजार भन्सार अगाडि ‘प्रहरीले गरेको आक्रमण’को विरोधमा सोमबार जनकपुरमा मधेसी मोर्चाले विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच जानकी चौकी अगाडि झडप भएको छ । झडपमा पत्रकारसहित आधा दर्जन आन्दोलनकारी घाइते भएका छन् ।

प्रहरीले पत्रकार रामहृदय यादव, अप्पन टिभीका पत्रकार आश्तिक साह र क्यामराम्यान राकेश मिश्रलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले आन्दोलनकारीलाई नियन्त्रण लिएपछि जनकपुर क्षेत्र तनावग्रस्त बनेको थियो । आन्दोलनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको जनाएको छ ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget