रक्सौलबाट अवैधरुपमा भित्र्याइएका ५ ओटा ट्याक्टर प्रहरीले समात्यो

वीरगन्ज, पुस १३ । भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएका ट्याक्टरलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार पत्रकार सम्मेलन गरी भारतको रक्सौबाट अवैधरुपमा नेपाल ल्याइएका ट्याक्टर बरामद गरी सार्वजनिक गरेको हो ।

सिर्सिया छोटी नाका भएर भित्र्याइएका भारतीय कम्पनी महिन्द्राका पाँचओटा नयाँ शक्तिमान ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।

तर, आयातकर्ता बर्दिवासस्थित उमेश आइरनका प्रतिनिधि दिनेश साहले भने रक्सौलस्थित भारतीय भन्सारबाट ३ महिना अगाडि नै निर्यातका लागि पास भइसकेका ट्याक्टर मधेसी मोर्चाको धर्ना र अवरोधका कारण मुल नाकाबाट भित्र्याउन नसकेर छोटी नाकाबाट ल्याउन लाग्दा प्रहरीले नियन्त्रणमा लिएको बताए ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget