दिनभर आन्दोलन रातभर इन्धन वारपार गरेर तस्करहरुले कमाए १४ अर्ब

काठमाण्डु, ११ पुस– भारतको अघोषित नाकाबन्दीपछि सर्वसाधारणको जीवन कष्टकर रहेपनि तस्कर, कालोबजारी तथा माफियालाई भने मोटाउने वातावरण बन्यो । उनीहरूलाई यो नाकाबन्दी ‘ढुंगा खोज्दा देउता’ मिलेजस्तै भएको छ ।

कमजोर सरकारी संयन्त्रको फाइदा उठाएर तीन महिनाको छोटो अवधिमा तस्करले अबौँ रुपैयाँ कमाए । चोर बाटोमार्फत मौलाएको व्यापारबाट ठूलो परिमाणको धनराशि (राजस्व) तस्करको खल्तीमा पुगेको छ । सरकार र निगमलाई बुझाउनुपर्ने राजस्व तस्करमार्फत एकतर्फी रूपमा भारतको हातमा पुगेको छ । तस्कर/माफियाको हातमा इन्धनको व्यापार जाँदा भारतसँगै इन्धन माफियाले नसोचेको कमाउन सफल भए । तस्कर÷माफियाले असोजदेखि मंसिरसम्म (सेप्टेम्बरदेखि नोभेम्बर) तीन महिनालाई व्यापार फस्टाएको अवधिका रूपमा लिएका छन् ।
सरकारी आँकडाअनुसार तीन महिनाको अवधिमा अवैध रूपमा ल्याइएको इन्धन (पेट्रोल र डिजेल) बिक्री गरेर सबै खर्च कटाई माफियाले १४ अर्ब ६९ करोड ७४ लाख ३५हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चोर बाटोमार्फत मौलाउँदै गएको इन्धनको कालोबजारी र तस्करीका कारण राज्यले पेट्रोल र डिजेलतर्फ मात्रै तीन महिनाको अवधिमा दुई अर्ब २८ करोड ६९ लाख २४ हजार एक सय ५० रुपैयाँ बराबरको राजस्व गुमाएको छ । निगमले मात्र यही अवधिमा एक अर्ब ३२ करोड ३३ लाख ९२ हजार ९० रुपैयाँ बराबरको राजस्व गुमाएको छ । अन्नपूर्ण पोस्ट्बाट
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget