काठमाडौं, पुस ११ । समाजमा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै काठमाडौंको कपुर धारा टोल सुधार समितिले प्रहरी वरिष्ठ उपरिक्षक सर्वेन्द्र खनाललाई सम्मान गरेको छ ।
कपुरधारा प्रहरी बिटको छैठौं बार्षिकोत्सव तथा चियापान कार्यक्रममा खनाललाई सम्मान गरिएको हो । एसएसपी खनाललाई नायक राजेश हमालले सम्मान प्रदान गरे ।
कार्यक्रममा खनालले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी संगठन सक्षम रहेको भन्दै जनतासँग मिलेर काम गर्ने बताए । उनले जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउनु प्रहरीको पहिलो कर्तव्य भएकाले आफू त्यसमा प्रतिबद्ध रहेको पनि बताए ।
imagekhabar
Post a Comment