बमजस्तै ट्रान्सफर्मर पड्किन थालेपछि अख्तियार टोली स्थलगत निरीक्षणमा

काठमाडौं : लोडसेडिङको सास्तीसँगै दैनिक दर्जनौंको संख्यामा ट्रान्सफर्मर पड्किएर राजधानीको जनजीवन नै आक्रान्त हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्सफर्मरको गुणस्तर जाँच गर्न विशेष टोली शनिबार स्थगत निरीक्षणमा पठाएको छ।

कमशल गुणस्तरका ट्रान्सफर्मर जडान गरिएको कारण दैनिक बमजस्तै ट्रान्सफर्मर पड्किन थालेको र जनजीवन नै असुरक्षित भएको भन्दै व्यापक गुनासा र उजुरी आएपछि अख्तियारले स्थलगत छानबिनका लागि विशेष टोली खटाएको हो। शनिबार राजधानीका विभिन्न स्थानमा ट्रान्सफर्मर जाँच गर्न विभिन्न टोलीहरु खटाइएका छन्।


ग्यासलगायतका इन्धनको अभावसँगै विजुलीको अत्यधिक प्रयोग हुन थालेपछि पछिल्लो समयमा ट्रान्सफर्मर पड्किने घटना दैनिक दर्जनभन्दा बढी संख्यामा हुन थालेका छन् । नयाँ जडान गरिएका ट्रान्सफर्मर पनि तत्कालै पड्किएपछि स्थानीयसमेत आतंकित हुन थालेका छन् । ट्रान्सफर्मर पड्किँदा केहीको ज्यान गएको छ भने कयौंको घरमा विद्युतीय उपकरण समेत क्षतिग्रस्त भएका छन्।

कमशल ट्रान्सफर्मर जडान गर्ने र पड्किएपछि लामो समयसम्म मर्मत नगर्ने गैरजिम्मेवारीका कारण तीन चार दिनसम्म लगातार बिजुलीबिना बस्नुपरेको भन्दै अख्तियारमा थुप्रै उजुरी र गुनासा परेका छन् ।

लोडसेडिङ बाहेकको समयमा बिना सूचना बिजुली छिनछिनमा जाने र आउने गरेको छ। विद्युत आपूर्तिमा देखिएको यो अव्यवस्थाले गर्दा राजधानीको जनजीवन नै अस्तव्यस्त भएको छ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget