बैबाहिक बन्धनमा बाँधिदै कमेडियन भारती, को हुन् उनका ‘ड्रिम म्यान’ ?

एजेन्सी – व्यावसायिक जीवनमा सँधै हाँसो ठट्टामा मात्र देखिरहने भारतिय कमेडियन भारती सिहं अब आफ्नो व्यक्तिगत जीवनलाई लिएर ‘सिरियस’ भएकी छन् ।
आगामी वर्ष उनी वैवाहिक जिवनमा बाँधिदैछिन् । हालै एक अन्तरवार्तामा उनले विवाह र फेमिली प्लानिङ समेतका कुरा कुरा खुलासा गरेकी हुन् । हत्तपत्त मिडियामा आफ्नो कुराहरु खोल्न नरुचाउने भारतीले हालै इस्न्ट्राग्राम मार्फत जोडी फोटो अपडेट गरेर आफ्नो ‘ड्रिम म्यान’ सार्वजनिक समेत गरेकी छिन् ।

भारतका चर्चित राइटर हर्ष लिम्बचियो उनका ‘ड्रिम म्यान’ हुन् । स्रोतका अनुसार धेरै पहिले नै दुबैलै गुपचुप इगेंजमेन्ट पनि गरिसकेका थिए । समाचारमा जनाइएअनुसार भारती भन्दा हर्स ७ वर्षले कान्छा छन् । भारतीले भनेकी छन्, ‘म धेरै बोल्न र हाँस्न मन पराउँछु । मलाइ सुनिरहने र बुझ्न सक्ने मेचोर म्यान पाएकी छु एकदमै खुशी छु चाँडै नै विवाह गर्छु ।’
सामान्य महिला झै भारतीले पनि विवाहपछि पुर्ण रुपले टिपिकल हाउसवाइफ बन्ने बताएकी छिन् । विवाह पश्चात प्रोफेनल लाइफ चटक्कै छोडेर पति र परिवारको हेरचाहमा आफुलाइ समर्पित गर्ने उनले खुलाशा गरिसकेकी छिन् ।
ratopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget