भूकम्पपीडितको अवस्था बुझ्न भट्टराई गाउँमा

 भूकम्पपीडितको अवस्था बुझ्न भट्टराई गाउँमा
गोरखा १४ पुस । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखाको क्षेत्र नं १ मा बसोबास गर्दैै आएका भूकम्पपीडितको अवस्थाबारे जानकारी लिनुभएको छ ।
आइतबार बक्राङ, मनकामना, ताक्लुङ, घैरुङ, ताङ्लीचोक, मकैसिङ, फुजेल पुग्नुभएका भट्टराईले सोमबार पनि भूकम्पपीडितको अवस्थाबारे गाउँगाउँ पुगेर जानकारी लिइरहनुभएको छ । डा भट्टराईले आजै चेपाङ समुदायका साथै घ्याच्चोकका भूकम्पपीडितको अवस्था बुझ्ने कार्यक्रम छ ।
अहिलेको सरकारले भूकम्पपीडितको पीडा बुझ्न नसकेको भन्दै डा भट्टराईले तत्कालै घर बनाउन रु दुई लाख वितरण गर्नुपर्ने बताउनुभयो । भूकम्पपीडितले डा भट्टराईसँग राहत रकमका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
त्यस्तै उहाँले चिसोले कठ्याङ्ग्रिएका भूकम्पपीडितलाई राहतस्वरुप कम्मल वितरण गर्नुभएको छ । बक्राङ गाविसमा सय थान कम्मल वितरण गरिएको बताउँदै नयाँ शक्ति अभियानका गोरखा संयोजक रमेश पोखरेलले भन्नुभयो, ‘भूकम्पपीडितलाई कम्मल र विद्यार्थीलाई खाजा उपहार दिएका हौँ ।”
साथै क्षेत्र नं १ का अधिकांश मतदाताले डा भट्टराईले सांसद सदस्यबाट राजनीनामा दिएकामा दुःख व्यक्त गरेका छन् । डा भट्टराई संविधानसभा निर्वाचनमा एकीकृत नेकपा (माओवादी)को तर्फबाट गोरखा क्षेत्र नं १ बाट विजयी हुनुभएको थियो ।
purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget