स्मृति इरानीलाई मोदीकी दोश्री पत्नी भनेपछि... भारतमा हंगामा
१३ पुस, एजेन्सी ।
भारतमा नरेन्द्र मोदी सरकारमा मानव संसाधन विकाश मन्त्री रहेकी पूर्व अभिनेत्री स्मृति इरानीलाई एक कांग्रेस नेताले गम्भिर आरोप लगाएपछि भापाले उनी विरुद्ध मुद्धा हाल्ने तयारी गरेको छ ।
असमका कांग्रेस नेता एवं राज्यका पूर्व कृषि मन्त्री नीलमणि सेन डेकाले एक जनसभामा बोल्दै इरानीले आफूलाई प्रधानमन्त्री मोदीकी दोश्री पत्नि बताउने गरेको टिप्पणी गरेका थिए ।
भाजपाले यो टिप्पणीलाई लज्जास्पद भन्दै कडा निन्दा गरेको छ । पूर्व कृषि मन्त्री नीलमणि सेन डेका विरुद्ध मुद्धा हाल्ने तयारी असम भाजपाले गरेको छ ।
भाजपा महासचिव राम माधवले कांग्रेस नेताले स्मृति विरुद्ध ‘शर्मनाक बयान’ दिएको भन्दै कांग्रेसको नेतृत्व गरेकी महिला अर्थात सोनिया गान्धीले उनलाई जोगाइ राखेकी छिन् भनेर प्रश्न गरेका छन् ।
onlinesajhapatrika
Post a Comment