१२ पुस, काठमाडौं । सशस्त्र प्रहरीका बहालवाला महानिरीक्षक कोषराज वन्तले १० करोड रुपैयाँ धरौटी बुझाएको एक साता नपुग्दै तीन पूर्व महानिरीक्षकहरु पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।
सशस्त्र प्रहरीको सामान ढुवानीमा फर्जि बिल पेश गरेको अभियोगमा अख्तियारले सनत कुमार बस्नेतसँग ८ करोड रुपैयाँ धरौटी मागेको छ ।
यसैगरी शैलेन्द्र कुमार श्रेष्ठसँग १ करोड र बासुदेव ओलीसँग ७० लाख रुपैयाँ धरौटी मागेको अख्तियार स्रोतले जनाएको छ ।
उनीहरुसँग अख्तियारले आइतबार बयान लिएको थियो । अख्तियारको हिरासतमा रात कटाउनबाट जोगिन तीनैजना पूर्व आईजीपी आइतबार सााझसम्म धरौटी रकम जम्मा गर्ने प्रयास जारी राखेका छन् ।
onlinekhaba
Post a Comment