राजेन्द्र महतो घाइते हुँदा तीन दिन विद्यालय बन्द

महोत्तरी–सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोमाथि विराटनगरको जोगबनी नाकामा प्रहरीले बल प्रयोग गरि घाईते बनाएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा महोत्तरीले घटनाको विरोध गर्दै सोमवारदेखि तीन दिनका लागि शिक्षण संस्थाहरु बन्द गर्ने विज्ञप्ती मार्फत जनाएको छ ।

विद्यालयहरु संचालनमा रहँदा बाल बालिकाको सुरक्षा मूख्य चुनौती रहेका कारण समेत महोत्तरीमा आन्दोलन मत्थर देखिएकोमा शिक्षण संस्था बन्द हुँदा आन्दोलन चर्किन सक्ने बुद्धिजीवीहरुको बुझाई रहेको छ ।
यता जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा महोत्तरी धनुषा प्रभारी भास्कर मुक्ति (दिपक कुमार सिंहले समेत महतोमाथिको प्रहरी दमन र जारी मधेश आन्दोलन भरि नै प्रहरीले मधेसीहरुमाथि गरेको दमन निन्दनिय रहेको भन्दै भत्सर्ना गरेका छन । साथै विज्ञप्तीमा महतो र उनीसँगै घाईते भएका सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget