मधेसीको आन्दोलनको कुनै औचित्य छैन, एकदिन जनताले नै उनीहरुलाई लात हान्नेछन् : चित्रबहादुर
पर्वत, १३ पुस । उप प्रधानमन्त्री चित्रबहादुर केसीले मधेसवादी दलहरुको आन्दानको कुनै औचित्य नभएको आरोप लगाएका छन् । नेता केसीले मधेसवादीहरुको कदमले एक दिन जनताले नै उनीहरुलाई लात हान्ने बताएका छन् ।
एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पर्वतमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै केसीले संविधानको उल्टो व्याख्या गरेर नेपाली जनतालाई केही दलहरुले गलत सन्देश दिइरहेको बताउँदै त्यस्तो गलत सन्देशको पछाडि नलाग्न आग्रह गरेका छन् । गरिबी निवारण तथा सहकारी मन्त्रीसमेत रहनुभएका केसीले संविधान जारी गर्नु आफूहरुको बाध्यता रहेको तर त्यही बाध्यताले गर्दा जनताले नाकाबन्दी उपहार पाएको उल्लेख गरे ।
नेपालको संविधान, २०७२ को मुख्य उपलब्धि गणतन्त्र र सीमान्तकृत समुदायको अधिकार भएको हुँदा त्यसलाई सबैले समर्थन गर्नुपर्ने उपप्रधानमन्त्री केसीले बताए । राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसीले अर्को एक फरक प्रशङ्गमा नेपालका कतिपय सहकारीले जनतालाई ठगी गरिरहेको बताउँदै त्यसबाट जोगिन सेयर सदस्यहरुलाई आग्रह गरे ।
etajakhabar
Post a Comment