राष्ट्रपतिबाट पशुपति विशेष पूजा, पहिलो तलब मन्दिरलाई भेटी


काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथ मन्दिरमा पुगेर राष्ट्र कल्याणको संकल्प गर्दै विशेष पूजा गरेकी छिन्।

सोमबार बिहान सबा दस बजे पशुपति पुगेकी राष्ट्रपति भण्डारीले मन्दिरको गर्भगृहमा झन्डै ३५ मिनेट लामो  विशेष पूजा गरेकी हुन्। त्यसअघि उनले बासुकीनाथको पाँच मिनेट लामो  पूजा गरेकी थिइन्।

पशुपतिमा विशेष पूजापछि राष्ट्रपति भण्डारीले आफ्नो पहिलो महिनाको पारिश्रमिक एक लाख २१ हजार तीन सय साठी रुपैयाँ रकम पशुपति क्षेत्र विकासका लागि प्रदान गरेकी छिन् ।

गर्भगृहमा विशेष पूजासँगै राष्ट्रपति भण्डारीले  ६४ शिवलिंग र सप्तमात्रिकाको दर्शन र  मुक्ति मण्डपमा तीन मिनेट आसनग्रहण गरेकी थिइन् । उनले विशेष सुरक्षाघेरामा रहे पनि उनले सामान्य दर्शनार्थीले जस्तो पशुपतिका सबै मन्दिरहरुको अबलोकन र दर्शन गरेकी थिइन् ।

राष्ट्रपतिसँगै गृहमन्त्री शक्तिबहादुर बस्नेत तथा सुरक्षा निकायका प्रमुखहरु पनि पशुपतिनाथ पुगेका थिए।annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget