नेपाली कपडा निर्यातमा भन्सार छुट दिने अमेरिकारको निर्णय स्वागतयोग्यः ओली

काठमाण्ण्डु, १३ पुस– नेपालमा उत्पादित कपडाको निर्यातमा भन्सार छुट दिने अमेरिका सरकारको निर्णयको प्रधानमन्त्री केपी ओलीले स्वागत गरेका छन् ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र च्याम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले व्यावबसायीहरुलाई यस खाले कपडा र गार्मेन्टको उत्पादन बढाउन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले लामो समयदेखि तराइमा भएको आन्दोलनका कारण बन्द उद्योगहरु खुलाउन सरकारले विशेष पहल गर्ने आश्वासन दिए ।
‘लामो समय देखि उद्योगधन्दा बन्द हुँदा देशको अर्थतन्त्र ध्वस्त भएको छ । उद्योग खुलाउन सरकारले विशेष योजना छिट्टै ल्याउछ ।’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा उद्योगी व्याबसायीले पनि दृढतापूर्वक सरकारलाई साथ दिनुपर्छ ।’
आफ्नो उत्पादनलाई विश्व बजारमा प्रतिष्पर्धा गराउन उत्पादनको गुणस्तर र मूल्यमा ध्यान दिन व्यबसायीहरुलाई प्रधानमन्त्रीले आग्रह गरे ।
प्रधानमन्त्रीले कृषि र उद्योगलाई समायोजन हुने गरी उद्योग सञ्चालन गर्न पनि आग्रह गरे ।
कार्यक्रममा महासंघका अध्यक्ष पशुपति मुरारका, उद्योग परिसघंका अध्यक्ष नरेन्द्र बस्नेत, नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, महासंघका पूर्व अध्यक्ष सुरज वैद्य लगायतले लामो समयको बन्दले उद्योग व्यबसाय चौपट भएकोले उद्योग सञ्चालन गर्ने वातावरण बनाइदिन प्रधानमन्त्रीसँग माग गरेका थिए ।
व्याबसायीहरुले धरान, उदयपुर, सिन्धुली सडक पुनर्निर्माण गरेर बैकल्पिक मार्ग सञ्चालन गर्न पनि प्रधानमन्त्रीसँग माग गरेका छन् ।
kathmandutoday

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget