Latest Post

युवा वैज्ञानिक मार्सल रोका दाङको घोराहीमा प्लास्टिकबाट उत्पादन गरेको डिजेल प्रदर्शन गर्दै । दुर्गालाल केसी/कान्तिपुर
पुस १६, २०७२- घोराही ११ का २४ वर्षीय मार्सल रोकाले खेर गएको प्लास्टिकबाट डिजेल उत्पादन गरेका छन् । यसअघि सल्लाको खोटोबाट पेट्रोल उत्पादन गरेर नियमित मोटरसाइकलमा परीक्षण गरिरहेका रोकाले मंगलबार प्लास्टिकबाट डिजेल निकाली ट्याक्टर चलाएका हुन् ।

यसअघि विभिन्न ३७ उपकरण आविष्कार गरेर ‘युवा वैज्ञानिक’ का रूपमा परिचित रोकाले ३८ औं आविष्कारका रूपमा प्लास्टिकबाट डिजेल उत्पादन गरेका हुन् । देशमा इन्धन संकट भइरहेको बेला स्थानीय स्रोत साधनबाट इन्धन उत्पादन गर्ने अभियानमा लागेको उनले बताए ।

प्रयोग गरेर फालेको प्लास्टिकलाई सफा गरेर मसिनो गरी काट्ने र त्यसलाई पकाएर निस्केको बाफमा दुई प्रकारका रसायन मिलाएर डिजेल उत्पादन हुने उनले बताए ।

१० प्रकारका प्लास्टिकबाट डिजेल उत्पादन गर्न सकिने उनले बताए । ‘१२ किलो प्लास्टिकबाट १२ लिटर डिजेल उत्पादन हुन्छ,’ उनले भने, ‘एक लिटरलाई ६० रुपैयाँमा बिक्री गर्न सकिन्छ ।’

विद्युतीय भट्टीमा पकाउने भएकाले प्लास्टिकबाट प्रदूषण नहुने रोकाले बताए । एक लिटर डिजेल उत्पादन गर्न एक युनिट विद्युत् खपत हुने उनले जानकारी दिए ।

नगरभित्र फोहोर गरिरहेको प्लास्टिकलाई ऊर्जामा परिणत गर्न लामो समयदेखि परीक्षणमा लागेको उनले बताए । खेर गएको नसड्ने फोहोरबाट डिजेल उत्पादन गर्ने ‘युवा वैज्ञानिक’ को काममा उत्साह थप्न सरकारी तहबाट भरपूर सहयोग गरिने प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले बताए । ‘यस्ता प्रतिभालाई हौसला र अवसर दिनुपर्छ,’ उनले भने, ‘यसतर्फ सबैको ध्यान जान जरुरी छ ।’

दुई महिनाअघि खोटोबाट पेट्रोल बनाएका रोकाले आफ्नो मोटरसाइकलमा नियमित प्रयोग गरिरहेका छन् । उनले आफ्नो मोटरसाइकलमा नियमित लामो समय प्रयोग गरेपछि अन्तमा २५ वटा मोटरसाकलमा पेट्रोल राखेर घोराही बजार परिक्रमा गराई सार्वजनिक रूपमा परीक्षण गरेका थिए ।

सल्लाको खोटोलाई तताएर बाफबाट तरल पदार्थ निकाली त्यसमा केही रसायन मिसाएर पेट्रोल बनाएको रोकाले बताए ।

वाष्पीकरणबाट आएको तरल पदार्थमा १२ प्रकारका रसायन मिसाएको उनले बताए । वाष्पीकरणका क्रममा विभिन्न तहमा फरक फरक रंगको तरल पदार्थ आउँछ । सुरुमा गाढा रातो र पछि पानीजस्तै आउने उनले बताए ।

‘८० प्रतिशत खोटो र २० प्रतिशत रसायनको मिश्रणबाट पेट्रोल तयार हुन्छ,’ उनले भने, ‘यसले अहिले प्रयोग भइरहेको पेट्रोलभन्दा १५ प्रतिशत बढी माइलेज दिन्छ ।’

खोटो प्रज्ज्वलनशील पदार्थ भएकाले नेपालमा इन्धन अभाव हुन थालेपछि यसको परीक्षणमा लागेको रोकाले बताए । दुई लिटर खोटोबाट एक लिटर पेट्रोल निस्कने गरेको रोकाले बताए । ‘४८ रुपैयाँमा एक लिटर पेट्रोल तयार हुन्छ ।

यसलाई बजारमा ७० रुपैयाँसम्ममा बिक्री गर्न सकिन्छ,’ उनले भने, ‘व्यावसायिक रूपमा ठूलो मात्रामा उत्पादन गर्ने हो भने योभन्दा सस्तो हुन्छ ।’

खोटो जलाउँदा बचेको सामान पनि आगो बाल्न र साबुन, पेन्ट बनाउन उपयोग हुने भएकाले खोटो खेर नजाने रोकाले बताए ।

उनले आफ्नो विवेक प्रयोग गरेर पेट्रोल उत्पादन गरे पनि सरकारले यसको थप परीक्षण गरेर यसलाई व्यावसायिक रूपमा उत्पादन गर्ने वातावरण बनाउनुपर्ने उनले बताए । परीक्षणको अनुरोध गर्दै उनले दुई लिटर तेल प्रधानमन्त्री कार्यालयमा समेत बुझाएका थिए ।
 
उनले प्राकृतिक ग्यास उत्पादनका लागि सहयोग गर्न अनुरोध गर्दै उद्योग मन्त्रालयमा निवेदन दिएका थिए जसअनुसार मन्त्रालयले मंसिर २४ गते चलानी नं. ८७ को पत्रमार्फत खानी तथा भूगर्भ विभागलाई प्राकृतिक ग्यासको अनुसन्धान परीक्षणमा रोकालाई सहयोग गर्न अनुरोध गरेको छ ।

उनले यसअघि मोबाइल अपरेटिङ सिस्टम, क्ल्याप अपरेटिङ सिस्टम, ओकीटोकी सञ्चार सेट, एफएम रेडियो, ट्रान्समिटर, जासुसी उपकरण, आगो लागेको जानकारी दिने उपकरण, बाढी आएको जानकारी दिने उपकरण र घरको सुरक्षामा प्रयोग हुने सतर्कता मेसिन बनएका छन् ।

यसैगरी न्यु कन्सेप्ट भेहिकल, दृष्टिविहीनलाई बाटो देखाउने यन्त्र, हात थाप्दा पानी आउने धारा, जंगलमा आगो लागेमा निभाउन सकिने यन्त्र, जहाँबाट पनि बत्ती अन अफ गर्न सकिने यन्त्र, खेतीमा कति पानी चाहिने भन्ने जानकारी दिने यन्त्र, बिउ बिजनको सुरक्षा गर्ने मेसिनलगायतका उपकरण पनि बनाएका छन् ।

पाँच कक्षा पढ्दादेखि नै वैज्ञानिक उपकरण बनाउन थालेका रोका निरन्तर यही काममा क्रियाशील छन् । अहिले उनी बीबीएस प्रथम वर्षमा अध्ययनरत छन् । अवसर पाएमा अझै धेरै प्रविधि निर्माण गर्न सकिने रोकाले बताए ।

ekantipur

जनकपुरधाम – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका धनुषा जिल्ला अध्यक्षसहित झण्डै १ सय जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
राप्रपा धनुषा जिल्ला अध्यक्ष तथा मधेश हकहित मोर्चाका संयोजक रितेश सिंहसहितका नेता कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् ।
पार्टी परित्यागपछि उनीहरु राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

मधेश आन्दोलनकै क्रममा राप्रपा नेपाल परित्याग गरेकाहरुलाई रामसपाका राष्ट्रिय अध्यक्ष शरत्सिंह भण्डारीले एक कार्यक्रमका बीच पार्टी प्रवेश गराएका थिए ।
ratopati

१६ पुस, काठमाडौं ।

संघीय समाजवादी पार्टीका नेता एवं विवादास्पद जनजाति अभियान्ता आङकाजी शेर्पाले राष्ट्रपति विद्या भण्डारीलाई ‘अतिहिन्दुवादी जवानी’ चढेको आरोप लगाएका छन् ।

कम्युनिष्ट नेताकी श्रीमती भएर पशुपतिमा पुजा गर्न गएको भन्दै उनले राष्ट्रपतिमाथि यस्तो गम्भिर टिप्पणी गरेका हुन् ।





उनले भनेका छन्, ‘खाटी कम्युनिष्ट नेता मदनभण्डारीको श्रीमतीभित्र उर्लेको अतिहिन्दुवादी जवानी ! ज्ञानेन्दको शैलीमा पशुपतिनाथमा पूजा र स्वागत !
ज्ञानेन्द्रको बुहारी हिमानी, भुकम्प पिडितलाई गाउँघरमा कम्बल बाँडदै !, कम्युनिष्ट मदन भण्डारीको श्रीमती पशुपतिनाथमा पूजा गर्दै !’

यस अघि पनि आङकाजीले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको सम्बन्धका विषयमा सार्वजनिक टिप्पणी गरेका थिए । उनले प्रधानमन्त्री ओलीलाई परस्त्री गमन गर्ने ब्यक्तिकोरुपमा समेत टिप्पणी गरेका थिए ।
nepaliheadlines


२०१५ को अन्तिम दिन नेपाली बजारमा सुनको भाउ घटेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ घटेकाले त्यसको प्रभाव नेपालमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतवारदेखि नै स्थिर रहेको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको छ। बिहिवार प्रतितोला ४८ हजार रुपैयाँमा सुनको कारोवार भएको महासंघले जनाएको छ।

त्यस्तै चाँदीको भाउ भने स्थिर रहेको छ। चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ। setopati

उत्तम काप्री काठमाडौं, पुस १६
नेपालकै नमुना सडकको सुन्दरता बचाउन १० टन भन्दा बढी लोडका सवारी निषेध
जैविक विविधता, भु–धरातल, चट्टान कटान नगरी पर्खाल लगाएर निर्माण गरिएको विपी राजमार्गको खुर्कोट-सिन्धुलीमाढी सडकमा १० टन भन्दा धेरै लोडका सवारी चलाउन नहुने प्राविधिकहरूले सुझाएका छन्।
प्राविधिकहरुका अनुसार प्राय सबै जसो ठाउँमा सडक ४ मिटर चौडा रहेको र मोड धेरै भएकाले सडक सुरक्षा र सवारी दुर्घटनाबाट बच्नका लागि ठूला तथा धेरै लोड भएका गाडी चलाउन नमिल्ने भएको हो।
काठमाडौंलाई तराईका जिल्लासँग जोड्ने छोटो दुरीको विपी राजमार्ग जापान सरकारको सहयोगमा निर्माण भएको हो। १६० किमि लामो विपि राजमार्ग गत वर्ष असार १८ गते तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले औपचारिक उद्घाटन गरे।
सडक निर्माणमा संलग्न जापानीज हाज्मा-आन्दो जेभि कम्पनीले पुरै सडकको निर्माण कार्य सकेको हो।
विपी रार्जमाग कुल सडक १ सय ५८ किलो मिटर भएपनि करिब ४० देखि ४५ किलोमिटरको सडक खण्डमा १६ सिट भन्दा माथीका सवारी साधन चलाउन नहुने विभागले जनाएको छ।
सोही अनुरुप विभागले अहिलेसम्म १६ सिट तथा १० टन भन्दा माथि लोड भएका गाडीलाई रूटपरमिट नदिएको विभागले जनाएको छ। यो राजमार्ग देशकै सबैभन्दा सुन्दर सडक रहेको विभागका प्रमुख चन्द्रमान श्रेष्ठले बताए।
‘देशको सुन्दर र पर्यटकीय हिसावले पनि सुन्दर रहेको सडकको सुरुक्षा गर्नु सबैको कर्तव्य हुन्छ,’ उनले भने, ‘अहिलेसम्म हामीले यस सडकमा १६ सिट क्षमताका जिप, माइक्रोबस जस्ता साना सवारी साधनलाई मात्र स्थाई रूट परमिट दिने गरका छौं,’ यद्यपी उनले कहिले काँही अवस्था हेरेर २६ देखि ३२ सिटका सवारी साधनलाई समेत ‍पटके रूटपरमिट दिने गरेको बताए।
‘साना गाडीलाई मात्र रूट परमिट दिएको भनी त्यक्षेत्रका व्यवसायीहरुले ३/७ अर्थात २६ सिट क्षमता भएका सवारीले पनि रुट परमिट पाउनु पर्ने भन्दै पुरानावेदन अदालत पाटनमा मुद्दा दायरा गरेका छन्,’ श्रेष्ठले भने, मुद्दा फैसला नभएसम्म विभागले ठूला गाडीलाई रुटपरमिट दिँदैन।’
निर्माण खर्च जतिकै मर्मत खर्च आवश्यक पर्ने हुँदा पनि यो सडक खण्डमा  १० टन भन्दा माथिको गाडी गुडाउन नहुने प्राविधिकहरूको तर्क छ।
‘यो हाईवे नेपालकै सबैभन्दा बढी लागतमा सम्पन भएको छ। २६ अर्ब रूपौयाँको लगानीमा निर्माण भएको सडकलाई प्रतिकिलोमिटर सरदर १९ करोड रुपैयाँको लागत परेको छ।’
उनका अनुसार एक वर्ष अगाडि यातायात विभागका प्राविधिक, ट्राफिक प्रहरी, सड्क विभागका इन्जिनियर र अन्य सरोकारवलाहरु समिलित टोलीले यस राजमार्गको अध्ययन गरी यस सड्क खण्डमा १० टन भन्दा माथिका गाडी चल्लाउन नमिल्ने निष्कर्ष निकालेको थियो।
‘यो सडक खण्डमा काठमाडौं धुलिखेल नेपालथोक हुर्दै खुर्कोटसम्म भने सामान्य रुपमा केही रुपमा ठूला गाडी चल्न सक्छ। खुर्कोटबाट नै मन्थली जाने र सगरमाथा अञ्चलको घुर्मी जाने सडकको जोडने विन्दु रहको र त्यहाँसम्मको सडकमा मोड कम भएकोले ठूला गाडी चलाउन मिल्छ,’ उनले भने।
खुर्कोटदेखि सिन्धुलीमाढीसम्मको सडक खण्डमा धेरै मोड र पर्खाल छ। सडकका अधिकांश ठाउँमा ४ मिटर चौडा रहेकाले ठूला गाडी चलाउन मिल्दैन। यो सडकमा बढी लोडका गाडी चलाउने हो भने छोटो समयमै सडम बिग्रन्छ। सडकको सुन्दरता बच्दैन। सडकको सुन्दरता बचाइराख्ने हो भने यो सडकखण्डमा ठूला मालबाहक र भारवाहन सवारीलाई प्रवेश दिइनु हुन्न।
यो सडक भिरालो धरातलमा स्लोपिङ गरेर निमार्ण गरिएको छ। यदी सहि रुपमा सडको प्रयोग गर्न नसकिएमा सडक बिग्रन अवस्था आउँछ। मर्मतको लागि निमार्ण भन्दा बढी लागत लाग्ने भएकाले यो सडकमा ठूला भारबाहन गाडी चलाउन मिल्दैन।
नेपालकै नमुना मानिएको यो सडठकको सुन्दरता बचाएमा आन्तरिक तथा बाह्य पर्यटकलाई पनि लोभ्याउने छ। अहिले पनि अधिकांश युवा युवतीहरू यो सडकको मनोरम दृश्य हेर्नका लागि पुग्ने गरेका छन्।
तराई जान छोटो बाटो भएकाले यो सडक हुँदै बर्दिबास निस्कने यात्रु पनि बढिरहेका छन्।
 बीपी राजमार्गलाई चार खण्डमा बिभाजन गरी सन् १९९६ (बि.सं.२०५२) सालदेखि निर्माण सुरु गरिएको थियो । जस अन्तर्गत पहिलो खण्ड बर्दिबास–सिन्धुलीमाढी ३७ कि.मि., दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३६.५ किमि सडक, तेस्रो खण्ड खुर्कोट-नेपालथोक ३६.५ किमि र चौथो खण्ड नेपालथोक–धुलीखेल ५० किमि सडक निर्माण सम्पन्न भयो छ ।
आयोजनाका अनुसार बीपी राजमार्ग निर्माणको क्रममा नेपालमै पहिलो पटक नयाँ प्रविधिको रुपमा ‘सटक्रिट’ र ‘जियोटेक’ प्रविधि प्रयोग गरि ठाँउ–ठाँउमा सडक निर्माण भएको छ । पहिरोलाई नियन्त्रण गर्न सटक्रिट(सिमेन्ट छ्याप्ने कार्य) र पहरो तथा थलथल भएको जमिनमा सडक निर्माण गर्न जियोटेक प्रविधि प्रयोग भएको छ ।
बीपी राजमार्ग निर्माणले महोतरी, धनुषा, सिन्धुली र काभ्रे जिल्लालाई जोडेको छ । काभ्रे, रामेछाप र सिन्धुली जिल्लाको भित्री भागमा यातायातको पँहुच पुर्‍याई आर्थिक तथा सामाजिक गतिशिलता ल्याउने, राजधानी काठमाण्डौबाट पूर्व तथा मध्य तराईको दुरी तथा समयमा बचत गराई यात्रु तथा मालसमानको ढुवानी खर्च घटाउने र राजधानी काठमाण्डालाई पूर्वी तथा मध्य तराईसँग जोड्ने बैकल्पीक राजमार्गको विकास गर्ने आयोजनाको मुख्य उद्देश्य थियो।
विपि राजमार्गको निर्माण २०१५ सालमा तत्कालीन जननिर्बाचित प्रधानमन्त्री विपि कोईरालाको परिकल्पना अनुरुप त्यतिबेलै निर्माण सुरु भएको थियो । २०१७ सालको राजनीति परिबर्तनपछि बीपी राजमार्ग निर्माण आझेलमा परेको थियो । ०४६ सालको राजनीति परिबर्तनपछि पहिलो जननिर्बाचित सरकारको पहलमा ३७ वर्षसम्म ओझेलमा परेको विपि राजमार्गलाई चार खण्डमा विभाजन गरि जापान सरकारको आर्थिक सहयोगमा २०५२ सालदेखि निर्माण सुरु गरिएको हो ।
setopati

काठमाडौं, पुस १६ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एल निनो मौसमी चक्रका कारण आगामी वर्षको मौसमी अवस्था १७ वर्षयताकै भयावह हुन सक्ने चेतावनी दिएको छ । यसका कारण विश्वभर भोकमरी, खडेरी, बाढी तथा रोगको प्रकोप बढ्न सक्ने जनाइएको छ ।
एन निनो मौसमी चक्रका कारण विश्वका केही भागमा अति खडेरी पर्ने र केही भागमा भने बाढीपहिरोको जोखिम बढ्ने नासाले चेतावनी दिएको छ । यस्तो परिस्थिति हरेक दुईदेखि सात वर्षको अन्तरालमा आउने गर्दछ ।
एल निनोको सबैभन्दा नराम्रो प्रभाव १७ वर्षअघि सन् १९९८ मा देखिएको थियो । आगामी वर्षको अवस्था सन् १९९८ को भन्दा पनि खराव हुनसक्ने जनाइएको छ ।
सबैभन्दा बढी प्रभाव अफ्रिकी क्षेत्रमा हुने र त्यहाँ आगामी फेब्रअरीमा चरम खाद्य संकट हुने अनुमान गरिएको छ । यही मौसमी चक्रकै कारण सन् २०१५ को विश्वको तापक्रम अहिलेसम्मकै उच्च हुन सहयोग पु¥याएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
भूमध्यरेखामा पर्ने प्रशान्त महासागरसँग सम्बन्धित मौसमी चक्रअन्तर्गत तातो हुने अवधिलाई एल निनो र चिसो हुने अवधिलाई ला निना भनिन्छ ।
 सन् १९९८ को एल निनोका कारण विश्वका धेरै देशमा भीषण बाढी तथा केही देशमा सुख्खा भएको थियो ।
उपग्रहबाट प्राप्त तस्वीरका अनुसार सन् १९९८ को भन्दा पनि खराब आगामी वर्ष हुने देखिएको नासाले जनाएको छ । (एजेन्सी)
imagekhabar

२०७२ पौष १६ बिहीवार
काठमाडौं: चीन सरकारको उच्च तहबाट निमन्त्रणा प्राप्त भई तत्काल त्यसतर्फ जाने मिति निर्धारण गर्ने तयारी भइरहेका बेला भारतले प्र्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिला दिल्ली नै बोलाउने तयारी गरेको संकेत प्राप्त भएको छ।

भारतीय राजदूत रन्जित रेले प्रधानमन्त्री ओलीलाई मंगलबार भेटी भारत उनलाई स्वागत गर्न इच्छुक रहेको संकेत दिएका हुन्। प्रधानमन्त्री निर्वाचित भएपछि उनका भारतीय समकक्षी नरेन्द्र मोदीले फोन गरी अनुकुल समयमा भारत भ्रमण गर्ने निम्तो दिए पनि त्यसपछि त्यो विषयलाई भारत सरकारले बुझिने गरी थाँती राखेको थियो।


राजदूत रेले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको आग्रह त्यसबेलामात्र गरे जुनबेला उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको हालैको चीन भ्रमणमा यथासम्भव छिटो प्रधानमन्त्री ओलीलाई चीन भ्रमणका लागि आमन्त्रण गर्‍यो।ओलीलाई तत्काल चीन भ्रमण गर्नुपर्ने वाध्यात्मक परिस्थिति किन पनि छ भने चीनले सन् २०१६ को प्रारम्भमै आफ्नो उच्च तहको भ्रमण नेपालमा हुने जानकारी पनि परराष्ट्रमन्त्री थापामार्फत सार्वजानिक गरेको छ।

यही सेरोफेरोमा सोधिएको एक प्रश्नमा भारतीय राजदूत रेले भने, 'ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत बधाईसँगै भारत भ्रमणको निम्तो दिएका हुन्। ओलीलाई भारतमा स्वागत छ।' रिपोर्ट्र्स क्लबले राजधानीमा बुधबार आयोजना गरेको साक्षात्कारमा उनले भने, 'प्रधानमन्त्रीको भ्रमणका लागि अन्य कुरा पनि हुनुपर्छ। त्यो भएको छैन। आवश्यक गृहकार्य हुनुपर्छ, हुन सकेको छैन।'

राजदूतले रेले नेपाल सरकार, प्रमुख विपक्षी दल र आन्दोलनकारीबीच भइरहेको सहमतिको प्रयासलाई भारतले समर्थन गरेको बताएका छन्। उनले भने, 'मन्त्रिपरिषद्को पुस ५ गते बसेको बैठकले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्तामा आउन आग्रह गर्दै गरेको तीनबुँदे निर्णयलाई भारत सरकारले स्वागत गरिसकेको छ।'

उनले भने, 'मधेसको समस्या राजनीतिक समस्या हो। सरकार, प्रमुख विपक्षी दल र आन्दोलनकारीबीच भइरहेको सहमतिको प्रयासको हामी समर्थन गर्छौं। यो सार्थक र परिणाममुखी होस् भन्ने हाम्रो अपेक्षा छ।' राजदूत रेले समाधानको 'फ्रेम वर्क' बनिसकेकाले गम्भीर संवाद भए समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरे। मधेस आन्दोलनको माग धेरै ठूलो नभएकाले समाधान पनि गाह्रो नभएको तर्क उनले गरे।

उनले नेपालमा शान्ति र स्थायित्व भएर विकासको बाटोमा अघि बढ्नुपर्ने बताएका थिए। उनले भारतसँग सीमा जोडिएको तराईमा समस्या हुँदा भारतलाई पनि असर पर्ने दाबी गर्दै छिमेकीमा अस्थिरता हुँदा आफ्नो विकासक्रममा पनि असर पर्ने बताए।

उनले भने, 'हाम्रो एउटै स्वार्थ छ स्थायित्व र विकास। भारत दोहोरो अकंको आर्थिक वृद्धिका साथ अघि बढ्न चाहन्छ। यसलाई प्राप्त गर्न यो क्षेत्रमै शान्ति र स्थायित्व हुन जरुरी छ। अस्थिरता भए हामी पनि अल्मलिन्छौं। त्यसैले हामी नेपालमा अस्थिरता चाहँदैनौं।'

राजदूत रेले कसैले बिगार्न चाहे पनि नसक्ने खालको प्रगाढ सम्बन्ध नेपाल र भारतबीच रहेको भन्दै नजिक हुँदा कहिलेकाहीं चिसोपन आउनु स्वाभाविक भएकाले त्यसलाई बातचित गरेर सुधार्ने बताए।'म आशावादी छु, यो अस्थायी समस्या हो। अब सम्बन्ध अझै प्रगाढ हुन्छ। त्यसको विकल्प छैन', राजदूत रेले भने।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकै वर्ष गरेको दुईपटकको भ्रमणले भारतले नेपाललाई कति महत्व दिन्छ भन्ने प्रस्ट भएको बताउँदै भने, 'हामी नेपाल-भारत सम्बन्धलाई प्राथमिकता दिन्छौं। हामी दुई देशको साझा विकास चाहन्छौं।'

राजदूत रेले भने, 'एउटा राम्रो प्रोजेक्ट कार्यान्वयन भए राम्रो सन्देश जान्छ। कमसे कम एक प्रोजेक्ट वास्तविकतामा बन्न पर्छ । यसले सम्बन्ध अझै राम्रो बनाउँछ। पञ्चेश्वर लामो समयपछि कार्यान्वयनमा गएको छ। अहिले म यसैमा लागेको छु।'

नेपाल र भारतबीचको अबको सम्बन्ध विकासको सम्बन्ध हुनुपर्ने धारणा राख्दै विकासमा राजनीति मिसाउँदा असर पर्ने रेले बताए । उनले भने,विकासमा राजनीति गरे त्यो कार्यान्वयन हुँदैन।'

राजदूत रेले नेपालमा भारत विरोध भावना बढेको विषयले पीडा भइरहेको भन्दै यो दुवै मुलुकको हितमा नरहेको स्पष्ट पारे। उनले भने, 'नेपालको विकासमा भारतको सहयोग आवश्यक छ । यहाँ भारतविरोधी भावना बढे नेपालको हित हुँदैन । भारतविरोधी गतिविधि रोक्नुपर्छ। यसलाई हामी गम्भीर रूपमा लिन्छौं।'

उनले भने, 'नेपालको आन्तरिक समस्या समाधान भए सबै समस्या समाधान हुन्छ। नेपाल र भारतले यसलाई कसरी हेर्छन्, त्यो एकअर्काले देख्नुपर्छ। यो विषयमा ट्र्याक वान र ट्र्याक टुबाट संवाद गर्ने बेला आइसकेको छ।'

नेपालले इन्धनलगायतका सम्झौता चीनसँग गर्न लागेको विषयमा उनले नेपाल सार्वभौम मुलुक भएकाले भारत, चीन वा अरू कुनै मुलुकसँग पनि सम्बन्ध राख्न स्वतन्त्र रहेको प्रतिक्रिया दिए।
annapurnapost

काठमाडौं : राजतन्त्र अन्त्यका लागि १० वर्ष सशस्त्र संघर्ष गरेका नेत्रबिक्रम चन्द नेतृत्वको माओवादीको एउटा समूहले बर्तमान राजनीतिक संकटको निकासको एउटा बिकल्प राजतन्त्र पुनस्र्थापना हुन सक्ने बिश्लेषण गरेको छ ।

सो पार्टीका पोलिटव्यूरो सदस्य भरत बमले बर्तमान संकट बहुदलीय संसदीय व्यवस्था असफलताको परिणाम ठहर गर्दै समाधानका लागि चार वटा बिकल्प अगाडि सार्ने क्रममा त्यस्तो बिश्लेषण गरेका हुन्। कालिकोटमा जन्मिएका बम सो पार्टीको भेरी कर्णालीका इन्चार्ज हुन्।


‘बर्तमान संकट बहुदलीय संसदीय व्यवस्था असफलताको परिणम हो । समाधानका उपाय निम्न हुन सक्छन्। एक, सैनिक कु शासन र त्यसपछि राजतन्त्रको पुनस्र्थापना अनि सामन्ती अधिनायकवाद, दुई बिप्लव माओवादीको बिद्रोह र जनवादी अधिनायकवाद,तीन माओवादी र सेना मिलेर राष्ट्रिय बिद्रोह अनि राष्ट्रवादी अधिनायकवाद, चार बर्तमान दलाल सत्ता शासकको निरन्तरता, बिदेशी सेनाको उपस्थिति र उपनिवेसवाद । हाम्रो पहिलो रोजाई दुई नम्बर बुँदा हो र दोस्रो रोजाई तीन नम्बर बुँदा हो ’बमले आफनो फेसबुक स्टाटसमा लेखेका छन्।

पार्टीका प्रवक्ता खडगबहादुर बिश्वकर्माले बमबाट अगाडि सारेका बिश्लेषण उनको पार्टीको औपचारिक लाइन होइन । ‘त्यो हाम्रो पार्टीको आधिकारिक धारणा होइन,हावादारी कुरा हो । उहाँको व्यक्तिगत बिश्लेषण हुन सक्छ’ बिश्वकर्माले अन्नपूर्णसँग भने ‘बिस्तारवादीहरुको षडयन्त्रमा राजतन्त्र ल्याउने षडयन्त्र हुँदैछ । नसकेर मात्रै चुप लागेर बसेका हुन ।’

बिश्वकर्माले आफूहरु ‘मास मुभमेन्ट’को तयारीमा रहेको बताए । तपाईहरुले अव गर्ने संघर्षको स्वरुप सशस्त्र हो कि निशस्त्र हो भन्ने प्रश्नको जवाफमा बिश्वकर्माले भने ‘आवश्यकता अनुसार सबै खालको हुन्छ ।’

पुष्पकमल दाहाल नेतृत्वको एमाओवादीबाट मोहन बैद्यको नेतृत्वमा पार्टी बिभाजन भएको थियो । बैद्य नेतृत्वको माओवादीबाट चन्दले एक बर्ष अघि पार्टी बिभाजन गराएका थिए । चन्द नेतृत्वको माओवादी भित्र पनि विवाद देखिन थालेको छ ।

बमको बिश्लेषणलाई सो पार्टी भित्रै विवाद उत्पन्न भएको छ । गाउँ र शहरमा एकै पटक संघर्ष गर्ने एकीकृत क्रान्तिको सिद्धान्तलाई अवम्बन गरेका चन्द भने भूमिगत छन । सो पार्टीले मुख्य नेतृत्व भूमिगत रहने र केहि नेताहरु खुला रहने नीति लिएको छ । सो पार्टीले समानान्तर सत्ता सञ्चालन गर्न सन्तोष बुढामगरको नेतृत्वमा जनसरकार समेत घोषणा गरिसकेको छ ।
annapurnapost

फोटो :रत्नप्रसाद आचार्य (विपी प्रतिष्ठानमा उपर्चाथ सदभावना अध्यक्ष राजेन्द्र महतोको स्वास्थय अबस्थावारे जानकारी लिदै संस्कृति पर्यटन तथा नागरीक उड्यनमन्त्री)
धरान: विराटनगरको जोगवनी नाका ठप्प पार्न धर्नामा बसेको अबस्थामा प्रहरीको झडपका कारण घाईते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका महतोलाई अस्पतालको पेइङ वार्डमा पुगेर मन्त्री पोखरेलले भेटेर स्वास्थ्य लाभको कामना गरेका हुन् । धरान १८ स्थित नेपाल बौद्ध गुम्बाको रतज जयन्तीको उद्घाटन गर्न आएका मन्त्री पोखरेलले महतोलाई अस्पतालमै गएर भेटेका थिए ।


भेटका क्रममा महतोले प्रहरीले आफुलाई विना कारण कुटेर घाईते बनाएको भन्दै पोखरेललाई शरिरको चोट देखाएका थिए । महतोले मन्त्री पोखरेललाई स्वास्थ्यमा सुधार हुदै आएको जानकारी गराउका थिए ।

मन्त्री पोखरेलले महतोलाई भेटेपछी स्वास्थ्य लाभको कामना गर्दै अस्पतालबाट निको भएपश्चात घर फर्किएर संविधान कार्यान्यनमा सहयोग पुर्‍याउन र आन्दोलनका कार्यक्रम स्थगित गरि वार्ता र छलफलको माध्यमबाट बर्तमान समस्या समाधान गर्न वार्तामा आउन आवहन गरेका छन् ।

पोखरेलले महतोलाई सबैधानिक प्रकृया आउन र सिमानाका केन्द्रित आन्दोलन बन्द गर्न समेत आग्रह गरे । विराटनगरको गोल्डेन अस्पतालबाट रेफर भएपछी महतो सोमबार प्रतिष्ठान भर्ना भएका हुन् ।

टाउको, हात र खुट्टाका  विभिन्न भागमा चोट लागेका महतोको प्रतिष्ठानको न्युरो सर्जन, फिजिसियन र अर्थोपेडिक्स चिकित्सकले उपचार गरिरहेका छन् । महतोको मधुमेह र उच्चरक्तचाप भएका कारण थप उपचार आवश्यक भएको चिकित्सकले बताएका छन् ।
annapurnapost

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget