Latest Post


१६ मंसिर, काठमाडौं ।
मधेसमा आन्दोलनरत संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावनाका अध्यक्ष राजेन्द्र महतोबीच मतभेद बढेको छ ।



यसले आन्दोलनमा समेत असर परिरहेको निकटस्थहको बुझाइ छ । दुई नेताबीच एक अर्काको अस्तित्व स्विकार्न नसक्ने दम्भका कारण मनमुटाव बढ्दै गएको कार्यकर्ताहरु बताउँछन् ।

चर्को र उत्तेजक भाषण दिएर लोकप्रियता कमाउन खोज्ने महतोको बानी यादवलाई मन नपर्ने अनि आन्दोलनका क्रममा नरम भाषा प्रयोग गर्ने, राजधानी केन्द्रित बढी हुने र पहाडीसित सहकार्य गर्ने यादवको शैली महतोले मन नपराउने उनीहरु निकट स्रोतले जनाएको छ । आजको कान्तिपुरमा खबर छ ।nepaliheadlines



काठमाडौं, १५ मंसिर । नेपालमा नाकाबन्दी गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी निकै आलोचित छन् । सम्पूर्ण नेपाली जनताको नजरमा उनी नेपालको मुख्य दुश्मन नै गनिएका छन् ।

करिब दुई महिना अघिदेखि नाकाबन्दी लगाएर उनले नेपाली जनतालाई निकै दुःख दिएका छन् । मधेसीको बुई चढेर भारतले चाँहेजस्तो संविधान बनाउन मोदीले नाकाबन्दी लगाएको बताइन्छ । मधेसवादी दलहरुले पनि आफ्नो आन्दोलनमा भारतको सहयोग रहेको बताउँदै आएका छन् । यसैक्रममा भारतमा अर्का मोदी देखिएका छन् । जसले नेपालको आन्तरिक मामिलामा नाङ्गो हस्तक्षेपको प्रयास गरेका छन् । उनी हुन् विहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव । जसले विहारमै कुखुराको चारोमा करोडौंको भ्रष्टाचार गरेका थिए ।

सोमबार साँझ यादवले नेपालका मधेसीमाथि भेदभाव रहेको भन्दै ट्वीट गरेपछि उनीपनि नेपाली जनताको नजरमा भिलेन बनेका छन् । अर्थात यादवले मोदीको डबल रोल प्ले गरेका छन् । पहिलो ट्विटमा मोदीले नेपालसित सम्वन्ध बिगारेको लेखेका यादवले एक घन्टापछि मधेसीमाथि नेपालमा भेदभाव भएको लेखेका थिए । उनले ट्वीट गर्दै लेखेका छन्- ‘नेपालका मधेसीहरुका विरुद्ध भएको भेदभाव र सीमान्तीकरणका विषयमा भारत सरकारले तत्काल कदम चाल्नुपर्छ ।’

मधेस नेपालको आन्तरिक मामिला भएपनि उनले भारतले एक्सन लिनुपर्ने भनेर सिधै नाङ्गो हस्तक्षेप गरेका हुन् ।  उनको त्यो आरोपमा सयौं नेपालीहरुले कडा जवाफ फर्काएका छन् । उनलाई जवाफ फर्काउँदै दिनेश भुसाल लेख्छन्- नेपालको संविधान पढेर मात्रै टिप्पणी गर ।’ त्यस्तै गुरुराजको टिप्पणी छ- ‘तिमी आफ्नो बिहारको ख्याल गर, जहाँ दिनदहाडै महिलाहरुमाथि सामुहिक बलात्कार भइरहेको छ ।’ शिव क्षेत्रीको आक्रोश छ- ‘यदि त्यति धेरै माया छ भने मधेसीहरुलाई बिहारमै लगेर राख ।’
यसअघिको ट्विटमा रोटी-बेटीको सम्बन्ध विगारेको भन्दै मोदीको आलोचना गरेका यादव दोस्रो ट्विटमा आफै मोदी बनेको देखाउँछ ।
dcnepal

काठमाडौं, १६ मंसिर । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय प्रदेशको सीमांकनसम्बन्धी असन्तुष्टि हटाउन आठौँ प्रदेशको प्रस्ताव गरेका छन् ।
सरकार, प्रमुख प्रतिपक्षी कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच निर्णायक वार्ता हुने भनिएको एक दिनअघि मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकमा ‘राजनीतिक तथा संगठनात्मक प्रस्ताव’ पेस गर्दै प्रचण्डले यस्तो प्रस्ताव गरेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
उनले मधेसी, आदिवासी जनजाति र थारू समुदायका माग पूरा गर्न झापासहित वा झापाबाहेक मोरङ, सुनसरी, सिरहा, सप्तरी, उदयपुर मिलाएर आठौँ प्रदेश बनाउन सकिने प्रस्ताव राखेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।
‘प्रदेश–१ मा झापा, मोरङ, सुनसरी तीनवटै जिल्ला र त्यसका सम्पूर्ण भागहरू राखिएकोमा त्यसमा परिमार्जन गर्नुपर्दछ,’ प्रचण्डको दस्ताबेजमा उल्लेख प्रस्ताव उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘झापासहित वा झापाबाहेक मोरङ, सुनसरी, सिरहा, सप्तरी, उदयपुर मिलाएर आठौँ प्रदेश बनाउन सकिन्छ ।’
आठौँ प्रदेश बनाउँदा हालको २ नम्बर प्रदेशमा पर्सादेखि धनुषासम्मका जिल्लाका अतिरिक्त मकवानपुर, सिन्धुली र उदयपुरका ती प्रदेशसँग जोडिने चुरे क्षेत्रलाई समावेश गर्नु उपयुक्त हुने प्रचण्डको प्रस्ताव छ ।
उनले यो विकल्पमा सहमति जुट्न नसके प्रदेश नम्बर २ सँग भाषिक, सांस्कृतिक सामीप्य रहने मोरङ, सुनसरीको दक्षिण–पश्चिम भागलाई प्रदेश २ मा राख्नुपर्ने प्रस्ताव पनि राखेको केन्द्रीय सदस्यले जानकारी दिए ।
५ नम्बर प्रदेशमा कैलाली र कञ्चनपुरका थारू बाहुल्य क्षेत्रलाई समावेश गर्नुपर्ने र त्यो प्रदेशमा रहेका पहाडी जिल्लालाई ४ नम्बर प्रदेशमा राख्नुपर्ने प्रस्ताव प्रचण्डले राखेका छन् ।
‘उक्त प्रदेशमा रहेको पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, रुकुमलाई त्यहाँबाट हटाई प्रदेश नं. ४ मा राख्नुपर्दछ,’ प्रचण्डको दस्ताबेजमा भनिएको छ ।
अघिल्लो मंसिरमा सुरु भएर पटकपटक स्थगित हुँदै आएको केन्द्रीय समिति बैठकमा प्रचण्डले ४३ पृष्ठ लामो प्रस्ताव पेस गरेका छन् ।
प्रचण्डको प्रस्तावमाथि बिहीबारदेखि केन्द्रीय सदस्यले धारणा राख्नेछन् ।
dainiknepal

धनगढी, १५ मङ्सिर-
नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले नेपाल र भारतबीचको सम्बन्धमा देखिएको चिसोपनप्रति चिन्ता व्यक्त गरेकी छिन् ।
धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले पछिल्लो पटक तराई मधेसमा देखिएका समस्या समाधानका लागि आन्दोलन नभई वार्ता उत्तम विकल्प भएको बताइन्
उनले तराई मधेसका समस्या समाधान संवादबाट खोजिनुपर्ने बताइन् ।
कोइरालाले नेपाली काँग्रेसको आगामी महाधिवेशनमा आफूले पार्टी सभापति पदमा उम्मेदवारी दिने नदिनेबारे पार्टीका नेता कार्यकर्तासंग सल्लाह, सुझावका आधारमा निर्णय लिने बताइन् ।
etajakhabar

काठमाडौं, १५ मंसिर । हाल भारत भम्रणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग औपचारिक भेटवार्ता गर्नुहुने भएको छ ।
नेपालस्थित परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री थापाले बुधबार विहान ९ बजे स्वराजलाई भेटेर नाकाबन्दी हटाउने बारे छलफल गर्नुहुने बताइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष समेत रहनुभएका मन्त्री थापाले दिल्लीमा रहदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ताको प्रयास गर्नुहुनेछ । यद्यपी समय तय भएको छैन् ।
सोमबार निजी भ्रमणका क्रममा भारतको बेंगलोर प्रस्थान गर्नुभएका मन्त्री थापा बुधबार साँझ नै स्वदेश फर्कने राप्रपा नेपालका महामन्त्री राजाराम बर्ताैलाले जानकारी दिनुभयो ।
dainiknepal

मङ्गलबार १५ मंसिर, २०७२
कुनै बेला सँगै थिए दाहाल-भट्टराइ
काठमाडाैं—एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी परित्याग गरेर हिँडेका बाबुराम भट्टराईको भण्डाफोर गर्न कार्यकर्तालाइ लिखित निर्देशन दिएका छन्।

मंगलवारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमार्फत् अचानक पार्टी परित्याग गरी 'नयाँ शक्ति'को बहसमा लागेका भट्टराई नियोजित रुपमा अघि बढेको निष्कर्ष निकाल्दै दाहालले लिखित रुपमा निर्देशन दिएका हुन्। भट्टराईको पार्टी परित्यागपछि एमाओवादीको केन्द्रीय समिति बैठक पहिलाे पटक बसेको हो।

'बाबुराम भट्टराईमा विकसित भएको वैचारिक, राजनैतिक र साँस्कृतिक विचलनको सैद्धान्तिक खण्डन, आलोचना र भण्डाफोर गर्दै आफ्नो पंक्ति र आम श्रमजीवी जन–समुदायलाई प्रशिक्षित गर्नु पार्टीको नीति हुनेछ' दाहालले बैठकमा पेश गरेकाे प्रतिवेदनमा उल्लेख गरेका छन्। भण्डाफाेरकाे निर्देशन दिए पनि दाहालले सैद्धान्तिक विरोधका सन्दर्भमा व्यक्तिगत गाली गलैज, लान्छना र चरित्र हत्या गर्ने शैलीलाई नअपनाउन कार्यकर्तालाइ निर्देशन दिएका छन्।

भट्टराईको पार्टी परित्याग अाकस्मिक नभई नियोजित रूपमा भएको पनि दाहालकाे प्रतिवेदनमा उल्लेख छ। 'बाबुराम भट्टराईको पार्टी परित्यागको निर्णय कुनै आवेगमा आएर भूलबस गरिएको निर्णय होइन बरु नियोजित रुपमा चालिएको कदम हो, जसबाट यो निर्णयका पछाडिको गम्भीरतालाई स्पष्ट हुन्छ' दाहालको निष्कर्ष आएको छ, 'त्यसमाथि नयाँ संविधानप्रति भारतको असन्तुष्टि र नेपालमाथि लगाइएको अघोषित नाकाबन्दी कै समय छानेर पार्टी परित्यागको घोषणा गर्नुले प्रश्न अझ गम्भीर बन्न गएको छ।' दाहालले भट्टराईले पार्टी परित्याग गरेकोमा भन्दा समय रोजेको बिषयलाई प्रतिवेदनमा महत्वका साथ उठाएका छन्।

भट्टराईमा चरम अराजकतावादी ब्यक्तिवाद हावी भएको र गैरमार्क्सवादी शक्तिहरुसँग रमाउने थालेको बिषयलाई महत्वका साथ हेरिनु पर्नेमा जोड गरेका छन्। 'पार्टी र आफ्ना सबै सहयोद्धाहरुलाई छलेर कसैको सल्लाहबिना एकलौटी र व्यक्तिगत रुपमा पार्टी छोड्नु, पार्टी कमरेडहरुलाई छाडेर मार्क्सवादी विरोधीहरुसँग सहकार्यमा रमाउनु, आफूलाई मत दिएर संविधानसभा र व्यवस्थापिका संसदमा विजयी गराउने जनतालाई पत्तो समेत नदिई संसद छोड्नु जस्ता क्रियाकलापले बाबुराम भट्टराईमा रहेको चरम अराजकतावादी व्यक्तिवादलाई छर्लङ्ग पारेकाे छ', दाहालले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

दाहालले नयाँ शक्तिको बैचारिक आधार मार्क्सवाद नभएको ठोकुवा पनि गरेका छन् । 'नयाँ शक्तिको वैचारिक आधार माक्र्सवाद होइन बरु सामाजिक लोकतन्त्रका रुपमा पुँजीवादी सुधारवाद हो' उनले भनेका छन् ।

भट्टराईले मिसनमा लागेको निष्कर्ष निकाल्दै अध्यक्षले सर्तकर्ता अपनाउनु पर्नेमा जोड गरेका छन्। 'तथ्यहरुले आज यो पनि स्पष्ट गरिरहेका छन् कि वहाँको मिसन नयाँ शक्तिका नाममा माओवादी शक्तिलाई क्षतविक्षत पार्न प्रतिक्रियावादीहरुलाई सहयोग पुर्याउनु हुन गएको छ' दाहालको भनाई छ, 'देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरुले चाहेका जस्तै माओवादी पार्टी र यसको नेतृत्वविरुद्ध 'रातो स्टीकर' र 'अख्तियार'सम्मका कुरा उठाउनुले उहाँको त्यो मिसनलाई नै संकेत गर्दछ।'

वस्तुतः बाबुराम भट्टराईको पार्टी परित्याग, माक्र्सवाद, कम्युनिष्ट आन्दोलन, जनयुद्ध र त्यसका महान् सहिद, वेपत्ता योद्धा र श्रमजीवी जनतालाई परित्याग गर्नु तथा प्रतिक्रियावाद र अवसरवादसँग नयाँ सम्बन्ध कायम गर्नु बन्न गएको दाहालको निष्कर्ष छ।

माअाेवादी जनयुद्धकाे सैद्धान्तिक तथा राजनीतिक प्रतिपादक भट्टराइले असाेज ९ गते पार्टी र संसद परित्यागको घाेषणा गरेका थिए। त्यसपछि उनी नयाँ शक्ति निर्माण गर्ने भन्दै छलफल र अन्तरक्रियामा व्यस्त छन्। उनले नयाँ शक्तिका लागि दाैडधुप गरिरहेकाे अवस्थामा पूर्व सहयात्री अध्यक्ष दाहालकाे यस्ताे टिप्पणी अाएकाे हाे।
nagariknews

मुगु-आफैले जन्माएका चार छोराछोरी हराएको नाटक गरेर हत्या गर्ने ह्याङ्गलु ६ रिगा गाँउका नन्द बहादुर रोकाया प्रहरी नियन्त्रणमा छन्। उनले प्रेमिकाको लहैलहैमा लागेर चारजना नाबालक छोराछोरीको कोदालोले हानेर हत्या गरेको स्विकारेका छन्।
असोज ९ गते छाेराछोरी हराएको भनि नाटक गरेका रोकायाले सोहीदिन बिहान चारबजे नै चारैजना सन्तानको हत्या गरेका खुलेको छ। श्रीमती मेलामा गएको मौका पारेर सुतिरहेका चारैजना छोराछोरीको ज्यान लिएको उनले प्रहरी बयानमा खुलाएका छन्। ९ वर्षीया छोरी सुन्तली रोकाया, ६ वर्षका छोरा युवराज, ४ वर्षकी छोरी विपना र २ वर्षका छोरा दिप रोकायाको उनले हत्या गरेका हुन्। चारैजना छोराछोरीलाई बिहान झिसमिसेमै ओछयानबाट उठाएर घर नजिकैको बारीमा रहेको खरीको फल खान जने भन्दै घरदेखि १ सय मिटर टाढा पुर्याएका थिए। पत्नी बिहान सखारै मेला गएको माैकामा छोराछोरी उठाएर बारीमा लगेर कोदालोले हानेर चारैजनाको हत्या गरेका प्रहरी बयानमा खुलेको हो। प्रहरी श्रोतका अनुसार हत्या गर्नुको मुख्य कारण रोकायाकी प्रेमीका बताइएको छ। प्रहरी श्रोतका अनुसार सोझो स्वभावकी पत्नीको अाँखा छलेर सन्तानको हत्या गरेर उनले प्रेमिका भित्र्याउने योजना बुनेका थिए।

प्रहरीले ति युवती पक्राउ गरेको बताए पनि अनुसन्धान जारी रहेको भन्दै नाम भने खुलाएको छैन।

बिहानै मेला गएकी नन्दकी २५ बर्षीया पत्नी बाँचु रोकाया बिहान ९ बजे घर फर्किदा छाेरोछोरी घरमा थिएनन्। रातीसम्म छोराछोरी नफर्केपछि अर्कोदिन सुकाढिक प्रहरीमा जानकारी गराएर खोजीकार्य थालिएको थियो। प्रहरी र स्थानीयले खोजी गर्दा तीनदिनसम्म चारैजना छोराछोरी फेला परेनन्।

१३ गते प्रहरीले बारीको एक छेउमा माखा भन्केको अवस्थामा चारैजनाको शव खाल्टोमा पुरिएको अवस्थामा फेला परेको थियो। प्रहरीले शंकाको अाधारमा रोकायालाई नियन्त्रणमा लिएर बयान लिएपछि तथ्य खुलेको हो। शव पोष्टमार्टमका लागि मंगलबार सदरमुकाम गमगढी लगिएको थियो। चारैजनाको शव मंगलबार दाहसंस्कार गरिएको छ।

नन्दबहादुरले घरमा हुँदा छोराछोरीलाई असाध्यै माया गर्थे। उनी केहीसमयका लागि घर बाहिर गएको बेला अर्कै युवतीसँग नजिकिएका थिए। घर फर्केपछि पनि उनको ति युवतीसँग लामो फोन सम्पर्क हुने गरेको थियो। पत्नी बाँचुले पतिमाथि शंका गरेकी भएपनि सोझो स्वभावकी भएकाले केही भन्न नसकेको प्रहरी अनुसन्धानमा खुलेको छ।

सात दिनका लागि जिल्ला अदालतबाट म्याद थप गरि रोकायालाइ प्रहरी हिरासतमा राखिएको निमित्त प्रहरी नायव उपरीक्षक लोकबहादुर जिसीले बताए।
nagariknews


काठमाडौँ, १५ मङ्सिर । एचआइभी संक्रमणबाट बच्न केरा र गार्इको दुध उपयोगी हुने एक अनुसन्धानले देखाएको छ । अत्यधिक मात्रामा प्रोटिन पाइने यि दुवै तत्वको सेवन गरेसँगै एड्स रोगीहरुको प्रतिरोध्घात्मक क्षमता बढ्ने उक्त अध्ययनले देखाएको छ । केरामा पाईने रसायनले गम्भीर रोग एड्ससँग लड्न मद्दत पुग्ने तथ्य अमेरिकाको मिशिगन विश्वविद्यालयका शोधकर्ताहरुले बाहिर ल्याएका हुन् ।



केरामा पाइने प्रोटिनले एचआईभीको औषधीको जस्तै प्रभावशाली काम गर्ने बताएका छन् । उनीहरुले गरेको यो शोध रसायन विज्ञानको जीव रसायन सम्बन्धी एक पत्रिकामा समेत प्रकाशित भएको जनाइएको छ । वर्तमान समयमा एचआईभी एड्स विश्वस्तरमै खतरा रोगका रुपमा चिनिने गरिन्छ । एड्स रोग चटक्कै निको हुने किसिमको औषधी आजसम्म पत्ता लगाउन वैज्ञानिकहरु असमर्थ छन् त्यस्तै उक्त अध्ययनले नवजात शिशुलाई एचआइभी संक्रमणबाट बचाउन तथा एचआइभीको उपचारका लागि गार्इको दुध उपयोगी हुने देखाएको छ ।

अनुसन्धानकर्ताहरुले गार्इको दुधमा हुने एक प्रोटिनको संचरना बदलेर त्यसमा इन्टी रेट्रोभाइरल औषधिलाई घुलनशील बनाउने नयाँ उपाय पत्ता लगाएका हुन् । जसबाट गार्इको दुधलाई एड्सको उपचारमा उत्कृष्ट औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । अमेरिकाको पेन्सिल्भानिया स्टेट युनभिर्सिटीका प्राध्यापक समेत रहेका शोधकर्ता फेटेरिको हर्टले गार्इको दुधमा पाइने एक प्रोटिन समूह क्यासिन्समा यस्तो प्रयोग गरेका हुन् । एजेन्सीको सहयोगमा
etajakhabar

१५ मंसिर, काठमाडौं । भारतले नेपालमाथि गरेको नाकाबन्दीको विरोधमा नेपाली मात्रै होइन, विदेशीहरु पनि खुलेर बोल्न थालेका छन् ।
जर्मनीका एक सांसदले ट्वीटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्वोधन गर्दै छोटो तर, भावुक ट्वीट गरेका छन् ।
कुन्दा दिक्षितले ट्वीटरमा राखेको वीर अस्पतालमा दाउराबाट खाना पकाइरहेको फोटोलाई उद्वृत गर्दै जर्मन सांसद ओमिद नौरिपुअरले ट्वीट गरेका हुन् ।
‘यो दर्दनाक छ । म तपाईंसित हात फैलाएर माग्दैछु मिस्टर मोदी, नेपालमाथिको नाकाबन्दी रोक्नुस्’ मोदीलाई मेन्सन गरेर उनले ट्वीट गरेका छन् ।

उनको ट्वीटलाई सयौं नेपालीहरुले मन पराएका छन् र रिट्वीट गरेका छन् ।
onlinekhabar

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget