Latest Post

4:55:00 AM ,
कार्डियोभास्कुलर स्वास्थ्यमा सुधार ल्याउँछ
हालै भएका अनुसन्धानले महिनामा एकपटक या सोभन्दा कम सेक्स गर्नेभन्दा हप्तामा दुईपटक सेक्स गर्नेहरुमा हृदयाघातको सम्भावना कम भएको पाइएको थियो ।
२. रोगप्रतिरोधी क्षमतामा सुधार ल्याउँछ
नियमित सेक्स गर्नाले शरीरमा रोगप्रतिरोधी क्षमतामा सुधार ल्याउँने एन्टिबडी इम्युनोग्लोबुलिन वृद्धि गर्छ र रुघा, ज्वरोजस्ता रोग लाग्नबाट बचाउँछ ।
३. तनाव हटाउँछ
जसले नियमित रुपमा बेडरुम क्रियाकलाप गर्छ या नियमित सेक्स गर्छ, त्यस्ता मानिसमा तनाव हुँदैंन र सधैं खुशी रहन्छन् ।
४. पीडा हटाउँछ
सेक्सका क्रममा जब मानिस चरमोत्कर्षमा पुग्छ, त्यतिबेला शरीरमा अक्सिटोसिन नामक हर्मोन ५ गुणाले वृद्धि हुन्छ । यसले शरीरका पीडालाई बिर्साउँछ ।
५. आयु बढाउँछ
मानिस चरमोत्कर्षमा पुगेका बेला डिहाइड्रोइपियान्ड्रोस्टेरोइन नामक हर्मोन निस्कन्छ । जसले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, शरीरका तन्तु मर्मत गर्छ र छाला स्वस्थ बनाउँछ । जुन पुरुष कम्तीमा साताको दुईपटक चरमोत्कर्षमा पुग्छ, उनीहरुको आयु पनि बढ्छ ।
६. रक्तसञ्चार वृद्धि गर्छ
सेक्सका क्रममा मुटुको चाल तीब्र हुँदा शरीरका अंग तथा कोषमा ताजा रगत आपूर्ति हुन्छ । त्यतिबेला शरीर पनि फूर्तिलो हुन्छ ।
७. राम्रोसंग निद्रा लाग्छ
नियमित सेक्स गर्ने मानिसले आराम महसुस गर्ने हुनाले निद्रा पनि राम्रोसंग लगाउन मद्दत गर्छ ।
८. समग्र फिटनेशमा वृद्धि गर्छ
यसले मानिसको फिटनेशमा पनि वृद्धि गर्छ । आधाघण्टा सेक्स गर्नाले ८० क्यालोरी शक्ति खर्च हुन्छ । यस्तै, यसल मांसपेशी र हड्डी पनि मजबूत बनाउँछ ।

4:48:00 AM ,
एजेन्सी । दैनिक तीन कप चिया खानाले मधुमेहको खतरा कम हुने एक अनुसन्धानले पत्ता लगाएको छ । हालै भएका दुई अनुसन्धानले कालो चियामा शरीरमा ग्लुकोजको मात्रा घटाउँने र त्यसले टाइप टु मधुमेह रोकथाममा सहयोग पुग्ने देखाएको हो । बेलायतमा मात्र टाइप टु मधुमेहबाट पीडितको संख्या २३ लाखभन्दा बढी छ । अनुसन्धानकर्ताका अनुसार दैनिक तीन चियाले शरीरको ब्लड सुगरलाई प्रभावकारी रुपमा घटाउँनमा मद्दत गर्छ ।

अनुसन्धानका क्रममा अमेरिका र जापानका अनुसन्धानकर्ताले कालो चियालाई प्रयोगशालामा अनुसन्धान गरेका थिए । चियामा प्रशस्त मात्रामा पाइने पोलिफेनाइल्स र एन्टिअक्सिडेन्टले कार्बोहाइड्रेटलाई पचाई ब्लड सुगर बनाउने इन्जाइमलाई रोक्न मद्दत गर्ने पाइएको थियो । यही तथ्यको मद्दतले कालो चियाले ग्लुकोजको लेभललाई घटाउन मद्दत गर्ने निष्कर्ष निकालिएको थियो । यो अध्ययन फ्रन्टाइर्स अफ न्युट्रिसन नामक जर्नलमा प्रकाशित गरिएको छ । यस्तै खालको अर्को जापानमा गरिएको अनुसन्धानले कालो चियाले दुईवटा इन्जाइममा प्रभाव पार्ने पत्ता लागेको थियो । यो अनुसन्धानबारे भने होक्काइदो फर्मास्युटिकल युनिभर्सिटी स्कुल अफ फार्मेसीको जर्नल अफ इथ्नोमाफार्मोकोलोजीमा प्रकाशित गरिएको छ । एक तथ्यांकअनुसार ८० प्रतिशत बेलायतीहरु चिया पिउछन् । वेलायतीहरुले दैनिक १६ करोड ५० लाख कप चिया पिउने गर्छन् । डेलीमेलबाट

4:20:00 AM ,
एजेन्सी ।
भारतीय अभिनेत्री सोनम कपुरलाई स्वाइन फ्लूको संक्रमण भएको खवर सेलाउन नपाउँदै सेलिब्रेटी सलमान खानलाई पनि स्वाइन फ्लू भएको आशंका गरिएको भारतीय सञ्चार मध्यमले जनाएका छन् ।

पछिल्लो समय सोनमसँगै चलचित्र सुटिङमा रहेका कारण सलमान पनि यो रोगको शिकार भएको हुन सक्ने टाइम्स अफ इण्डियाले जनाएको छ ।

राजकोटमा सलमान खानसँग सुटिङमा रहेको समयमा सोनमलाई स्वाइन फ्लू भएको भन्दै अस्पताल भर्ना भएकी थिइन् ।

सोनामसँगै रहेका अन्य ब्यक्तिमा पनि स्वाइन फ्लूको शंकाले सबैको परीक्षण गरिन लागेको बताइएको छ ।

भारतमा अहिले सम्म स्वाइन फ्लूका कारण १००० भन्दा बढीको मृत्यु भैसकेको छ । नेपालमा समेत एक महिलालले ज्यान गुमाएकी छिन् ।

3:05:00 AM ,
यौनजीवनलाई सुखी र खुसी राख्न महिला–पुरुष दुबैले त्यसको लागि पहल गर्न आवश्यक छ । अझ त्यसमाथि पनि पुरुषहरुले यसको बारेमा विशेष तयारी गर्न आवश्यक छ । आफ्नो वैवाहिक जीवन खुसी र रोमाञ्चक बनाउन कसलाई पो रहर नलाग्ला र ? तर कतिपय अवस्थामा इरेक्टाइल डिस्फंक्सन, घट्दो कामेच्छाजस्ता समस्याहरुले पुरुषहरुलाई ग्रस्त पारेको हुन्छ जसले उनीहरुको आत्मसम्मान र आत्मविश्वासमा समेत ठेस पुर्याएको हुन्छ । तर यसको समाधान छ । यसको लागि पुरुषहरुले आफ्नो खानपिनमा विशेष ध्यान दिन जरुरी छ ।



डेलीमेलमा प्रकाशित एक शोधलाई मान्ने हो भने यौनशक्ति बढाउनका लागि सिफुडको सेवन लाभकारी हुने गर्दछ । उक्त शोधमा ग्रीक कार्डियोलोजिस्ट एथानासियोस एन्जेलिसले आफ्नो अध्ययनको आधारमा यो दाबी गरेका छन् । उनका अनुसरा माछा, सलाद, अलिभ ओइलबाट बनेको भोजन र वाइनको एक ग्लासले पुरुषहरुको यौनशक्ति बढाउनमा सहयोग गर्दछ ।

समुन्द्री भोजनको सेवनबाट रक्त कोशिकाहरु स्वस्थ हुने गर्दछ र शरिरका तल्लो भागमा रक्त संचार तेज हुने उनले दाबी गरेका छन् । समुन्द्री भोजनको सेवनले यौनशक्ति मात्र बढ्ने नभई यो एक एन्टिएजिङ डाइटसमेत भएको डा एन्जेलिसले बताएका छन् । यसको सेवनले मुटु स्वस्थ हुनुका साथै क्यान्सरको खतरा पनि कम हुने उनले जानकारी दिएका छन् ।

यौनशक्ति बढाउनका लागि समुन्द्री भोजनको सेवन बाहेक बदाम, अनारको सेवनमा उनले बल गरेका छन् । उनले हप्तामा एक पटक रेडमीट र वाइनको सानो ग्लासले पनि यौनशक्ति बढाउन सहयोग गर्ने बताएका छन् । समुन्द्री भोजनको सेवनलाई भियग्राको विकल्पको रुपमा मान्न सकिने समेत उनको भनाई छ । डा. एन्जेलिसले आफ्नो अध्ययन भिएनामा युरोपियन असोसिएसन अफ कार्डियोभास्कुलर इमेजिंग सम्मेलनमा पेश गरेका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

2:57:00 AM , ,
क्वालालाम्पुर, १७ फागुन :
मलेसियाका लागि नेपालका राजदुत डा. निरञ्जन मान सिंह बस्नेतले अधिकार सम्पन्न उच्च स्तरीय वैधानिक रोजगार आयोग बनाउनुपर्ने धारणा राखेका छन् ।
मलेसियामा भएको एनआरएनको कार्यक्रमको उद्घाटन गर्दै राजदुत बस्नेतले नेपालीहरू विश्वका हरेक ठाऊँमा ठगीइरहेको बताउँदै आयोग निर्माण गरेर नेपालीहरूलाऐ सम्बोधन गर्न सकिने र नेपाल सरकारसँग आफूले यस विषयमा कुरा राखिसकेको बताएका छन् ।
हाल करिब १० लाखको हाराहारीमा नेपाली मलेसियामा रहेको भन्दै कर्मचारीको अभावका कारण काम गर्न नसकिएको र आफूले राजदुतको जिम्मेवारी सम्हालेदेखी सुधार समेत भइरहेको बताएका छन् ।
आफ्नै पहलमा अवैधानिक कामदारलाई नेपाल पठाइरहेको र फेरी पनि यहाँको सरकारसँग अनुरोध गरेर नेपाल पठाउन लागेको समेत उनले जानकारी दिए । सन् २०१४ को सेप्टेम्बरदेखी डिसेम्बरसम्ममा २४ हजार नेपाली अवैधानिक रूपले मलेसिया रहेको जानकारी दिँदै उनीहरूले मलेसिया सरकारले दिएको अवसरको सदुपयोग गर्दै नेपाल फर्कन आग्रह गरेका छन् ।
मलेसियाबाट नेपाल फर्कन मात्र १२ सय ८० रिंगेटमा नेपाल फर्कन पाइने बताउँदै राजहदुत बस्नेतले दलालको फन्दामा नपर्न समेत आग्रह गरेका छन् । उनले मलेसियामा करिब ३ सय ३२ नेपाली र डिपोट क्याम्पमा ३ सय ७५ नेपाली रहेको बताउँदै क्याम्पमा रहेका नेपालीलाई घर फर्काउन पहल भइरहेको बताएका छन् । तर, आफूले जेलमा रहेका नेपालीलाई केहि गर्न नसक्ने र कैद भुक्तानी भएपछि मात्र नेपाल फर्काउन सकिने बताए ।
उनले कार्यक्रममा मलेसियाली अदालतले एक नेपालीलाई मृत्युदण्डको फैसला गरेको जानकारी दिँदै मृत्युदण्डबाट जोगाउन पहल समेत सुरू भएको बताए ।
उनले नेपाली कामदार ल्याएर दुःख दिने, उपचार नगर्ने, मानसिक र शारीरिक यातना दिने, तलब नदिने ७९ कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरिने बताएका छन् ।

2:51:00 AM , ,
आइतबार, फाल्गुण १७,
यौनसम्पर्कको दौरानमा योनी भित्रै तपाईंको लिंग अड्कियो भने तपाईं के गर्नु हुन्छ ? तपाईंले यस्तो घटनाको कल्पना पनि गर्नु भएको छैन होला तर दक्षिण अफ्रिकामा यस्तै अपत्यारिलो घटना घटेको छ ।
बेलायती समाचार संस्था डेलीमेलका अनुसार दक्षिण अफ्रिकाको जोहन्सबर्गमा एक ४२ बर्षीया नीलले आफ्नी पत्नीको परपुरुषसँगको यौन सम्बन्धबाट वाक्क भएका हुन्छन् । उनको अनुपस्थितिमा पत्नीले गैरपुरुषसँग शारीरिक सम्बन्ध बनाउने गरेको उनलाई लाग्थ्यो।

केही समयपछि निल ब्यापारिक कामका लागि बाहिर जानुपर्ने भयो। त्यसअघि उनले पत्नीको गैरसम्बन्ध पुष्टि गर्ने तरिका खोज्न थाले। अन्त्यमा उनी एउटा जादू गर्ने बाबा कहाँ पुगे। उनले ती जादू गर्ने बाबालाई आफ्नो समस्या बताए। समस्या सुनेर ती बाबाले उनकी पत्नीको गुप्ताङगमै जादू गर्नुपर्ने बताए। र, उनले नीलकी श्रीमतीको गुप्ताङमा टुनामुना लगाए ।

नभन्दै कुरा सत्य साबित भयो । उनकी पत्नी साशाले नीलको अनपस्थितिमा आङ्खनो प्रेमिकासँग सम्बन्ध राखिछाडे। त्यही दौरान उनको प्रेमिकाको गुप्ताङग साशाको योनीमै अड्कियो। धेरै प्रयासपछि पनि ननिस्किएपछि साशाले छिमेकी गुहारिन्। छिमेकी सशाको कोठा पुग्दा तीनछक्क परिन्।

हेर्दाहेर्दै स्थिति एक कान दुई काम मैदान भयो। साशाको घर अगाडि मान्छेको हुल थुप्रियो। सडक जाम भयो। डेली मेलका अनुसार कम्तिमा पनि त्यहाँ दुई हजार मानिस जम्मा भए। घटना सुनेर सबैजना छक्का परे।

उपस्थितहरुले दुबैलाई छुटाउने प्रयास गरेपनि सफल हुन सकेन। उक्त सूचना प्रहरीलाई दिइयो। अन्ततः दुबैलाई अस्पताल लगेर अलग गरियो। त्यही दौरान उनका पति नीलले जादू गर्ने बाबाको सहारा लिएको हल्ला फैलियो।

1:00:00 AM ,
एजेन्सी । जसरी संसार बदलिदैछ त्यसरी नै अबैध धन्दा चलाउने तरिका पनि बदलिदैछ । मानिसहरुले पैसाका लागि जस्तासुकै अवैध धन्दा गर्नपनि पछि पर्दैनन् । यस्ता १० धन्दाबारे हेर्नुहोस्, जहाँबाट अथाह पैसाको खेल चलिरहेको छ ।
१. ह्याकिङः अहिले डिजिटल क्राईममा ह्याकिङ सबैभन्दा चर्चित अपराध बनिरहेको छ । यसमा अथाह पैसा छ । गैरकानुनी रुपमा मानिसहरुको गोप्य जानकारी लिने र त्यसको बदलामा पैसा कमाउने यो तरिका संसारमै हिट छ । डेबिड कार्ड, बैंक एकाउन्ट ह्याक गर्ने र योजनावद्द अपराध गर्ने समूह चर्चामा रहने गरेको छ । रसियन माफियाहरुले यससम्बन्धि अपराधबाट मात्रै करिब ९० करोड अर्थात ९ मिलियन डलर कमाएको थियो ।

२. ड्रगः औषधिको बहानामा खतरनाक लागुऔषध बेच्ने करतुतहरु पछिल्लो समयमा खुल्दै गएका छन् । खासगरी दक्षिण अमेरिकामा यो पेशा टाउको दुखाईको विषय बनेको छ । यस धन्दामा पैसाको कुनै सीमा छैन । यस्तो लागु औषधको कारोबार गरेर नै लर्ड पाब्लो एस्काबरले लगातार १८ खरब रुपैया कमाएका थिए ।
३. स्मेलिङ : लागु औषधका तस्करहरुले नै दोस्रोतिर यस्तो तस्करी गर्छन । क्युबा र दक्षिण अमेरिकी राष्ट्रहरुमा संयुक्त रुपमा यस्तो तस्करी हुने गरेको छ । जहाजका पाइलट, जुत्तालगाउतबाट लुकाएर गरिने यस्तो धन्दाबाट मानिसहरुले करोडौं रुपैया कमाउने गर्छन ।
४. घोटाला, षढ्यन्त्रः खासगरी यो धन्दा हत्या, कुटपिट, तस्करीलगयातसँग सम्बन्धित छ । यस्ता ठूला ठूला अपराध तपाईहाम्रो सामु थुप्रै भइरहेका छन् । एक समूहले पैसा लिने र दोस्रो समूहमा लगानी गरेर लाखौ कमाउने गर्छन ।
५. अर्काको पैसामा खेल्नुः यो अपराध थोरै बोरिङ खालको भएपछि यसमा धेरै पैसा छ । झुठो काम गरेर पैसा कमाउन चर्चामा रहेको मार्केट इन्टरनेशनल नामको फर्मले यस्ता थुप्रै काण्ड घटाएको थियो । यस्तो फर्म चलाउने ४० वर्षीय महिलाले बुक स्टोर चलाएकी थिइन् । पक्राउ पर्नुअघि उनले करिब ८ करोड रुपैया अर्थात ८ लाख डलर कमाएकी थिइन् ।
६. वन्यजन्तु तस्करीः लागु औषध जस्तै वन्यजन्तुको तस्कर गर्ने पनि एउटा गिरोह नै सम्लग्न हुनेगर्छ । वन्यजन्तुको तस्करीबाट मात्रै हरेक वर्ष १० मिलियन डलर सम्म कमाउने गरेको बताइन्छ ।
७. नक्कली औषधिः यो धन्दा आजकल धेरै चर्चित बन्दैछ । नक्कनी औषधिको कारोबार एशियामा बढि हुने गरेको छ । यससँग जोडिएका माफियाहरुले एक वर्षमा मात्रै १.६ बिलियन डलर सम्म कमाउँछन् । यसको सबैभन्दा खतरनाक पक्ष भनेको बिरामीहरुको मृत्युदर अध्याधिक बढ्नु हो ।
८. हतियारको तस्करीः साना ठूला अपराधी र तस्करको तुलनामा हतियारको तस्करी धेरै खतरनाक मानिन्छ । हतियारको तस्करी गर्ने मानिसले एक वर्षमा मात्रै कम्तिमा पनि डेढ अरबभन्दा बढि कमाउँछन् ।
९. प्राकृतिक संसाधन तस्करीः संसारभरका विकट क्षेत्रमा पाइने धातु, लकडी र अन्य पदार्थका तस्करी बढिरहेको छ । म्यानमार, इण्डोनेसिया र मलेसियामा प्राकृतिक संसाधनको तस्करी हुने गरेको छ । जहाँ मानिसहरुले हरेक वर्षमात्रै ११ अरब भन्दा बढी कमाउने गर्छन ।
१०. दलालीः धन्दाको कुनै सीमा हुँदैन । वेश्यावृत्तिको धन्दामा खासगरी दलालको भूमिका धेरै हुन्छ । यस्ता मानिसले ग्राहकलाई फसाउने गर्छन । यस्ता दलालहरुले युवतीहरुलाई लगेर जबरजस्त वेश्या बनाउने गर्छन र करोडौं कमाउने गर्छन ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख-समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन । कुनै पनि ब्यक्तिको भाग्यले साथ दिइरहेको छ कि छैन भन्ने कुरा उसको परिस्थिति हेरेर भन्न सकिन्छ ।शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई अभागी भनिएको छ ।



चाणक्य नीति भन्छः
वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम्।
भोजनं च पराधीनं त्रय: पुंसां विडम्बना:।।


यसको अर्थ हो कुनै पनि पुरुषकी पत्नीको मृत्यु भयो वा अर्कैसँग गइ भनेे यो दुर्भाग्यको कुरा हो । यदि यौवनावस्थामा नै जीवन साथीको साथ छुट्छ भने यस्ता पुरुषले त पुनः विवाह गर्न सक्लान तर अलिक उमेर गएपछि यस्तो हुनु सबैभन्दा दुखःद हुन्छ । लोग्ने मानिसको जीवनमा वृद्धावस्थामा पत्निको साथ सबैभन्दा बढि महत्वपूर्ण मानिएको छ । बुढेसकालमा एक्लो हुनु निराशा र दिक्दारीको कारण बन्छ । यसैले यस्ता पुरुषलाई अभागी भनिएको छ ।

शत्रुको हातमा परेको धन

चाणक्य भन्छन् कुनै पनि पुरुषको धनमाल शत्रु वा खराव भाइको हातमा परेको छ भने त्यस्तो ब्यक्ति अभागी हो । आफूले कमाएको धन अरुको हातमा पर्नु दुर्भाग्यको कुरा हो । आफूले कमाएको धन अरुको हातमा पर्नु आफैमा दुःखद त हो नै त्यो धन आफै विरुद्ध समेत प्रयोग हुन सक्छ ।

अरुको घरमा गुलाम

कुनै पनि पुरुषको लागि अरुको घरमा बस्न पर्नु वा अझ गुलामी गर्न पर्नु सबैभन्दा दुखको कुरा हो । यस्ता पुरुषलाई पनि चाणक्यले अभागी भनेका छन् । यस्ता ब्यक्तिलाई कुनै पनि काम गर्दा अर्कैको आदेश पर्खिनु पर्छ । गुलाम बनेर वा अर्काको घरमा बस्ने पुरुषको स्वतन्त्रता भन्ने चिज नै हुँदैन ।

यस्तो ब्यक्ति तन मनले दुःखी हुने भएका कारण पक्का अभागी भएको चाणक्यको भनाइ छ ।अतः कुनै पनि पुरुषले आफूलाई यी तीन अवस्थाबाट जोगाउने प्रयास गर्नु पर्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

12:07:00 AM ,
काठमाडौं । खुर्सानी भन्नाले धेरै पिरो मानिन्छ । स्वास्थ्य क्षेत्रका विज्ञहरुको अध्ययनले खुसार्नी स्वास्थ्यका एकदमै उपयोगी मानिएको देखाएको छ ।
हामीमध्ये धेरैजनाले खाना खाने बेलामा पिरो खानेकुरालाई पाखा लगाउने गर्दछौँ । तर के तपाईंलाई थाहा छ ? खानामा कम्तीमा दुईवटा हरियो खुर्सानी खाने गर्नाले क्यान्सर जस्तो भयानक रोगबाट बचाउन सक्छ ।
हरियो खुर्सानीले प्राकृतिक रुपमा नै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ जसले क्यान्सर जस्तो रोगबाट बचाउने गर्दछ ।
मोटोपन कम गर्छः यदि तपाईं खानेकुरामा निकै सोच्ने गर्नुहुन्छ र सधैँ कम क्यालरीको खाना खानुहुन्छ भने तपाईंको लागि हरियो खुर्सानी राम्रो विकल्प हुनसक्छ । हरियो खुर्सानीमा क्यालरी हुँदैन त्यसकारण यदि तपाईं डाइटिङ गरिरहनुभएको छ भने हरियो खुर्सानी तपाईंको लागि निकै लाभदायक हुन्छ ।
क्यान्सरः पुरुषहरुमा प्रोस्टेट क्यान्सरको सम्भावना धेरै हुने गर्दछ । एक शोधका अनुसार खानामा हरियो
खुर्सानी खाँदा प्रोस्टेट क्यान्सरबाट बचाउने गर्दछ । हरियो खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले क्यान्सरको जोखिमलाई क मगर्ने गर्दछ ।


जवान राख्छः हरियो खुर्सानीमा भिटामिन इ को मात्रा निकै धेरै हुने भएका कारण यसमा प्राकृतिक तेल हुने गर्दछ जसले छालालाई नरम बनाइराख्न मद्दत गर्दछ । यसले तपाईंको छालालाई सधैँ जवान र चम्किलो बनाइराख्न मद्दत गर्दछ ।
छालाको संक्रमणः यदि तपाईंको छाला निकै नै संवेदनशील छ र तपाईंलाई संक्रमणको समस्या भइरहन्छ भने हरियो खुर्सानीले तपाईंलाई राहत प्रदान गर्नेछ । हरियोृ खुर्सानीको एन्टिब्याटरियल तत्वले तपाईंको छालालाई संक्रमणबाट बचाउनेछ ।

मधुमेहः हरियो खुर्सानीले रगतमा सुगर लेभललाई पनि कन्ट्रोल गर्ने गर्दछ जसले मधुमेहको खतरा लगभग शून्य हुने गर्दछ । हरियो खुर्सानीमा पाइने फाइबरले खानालाई छिट्टै पचाउन मद्दत पनि गर्दछ ।
बलियो हड्डीः महिलाहरुका लागि हरियो खुर्सानी उनीहरुको हतियार हुन सक्छ । यसमा भरपूर मात्रामा आइरन पाइने गर्दछ जसले हड्डीलाई बलियो बनाउने गर्दछ र रगतलाई पनि बढाउने गर्दछ ।
इम्युनिटी पावरः हरियो खुर्सानीमा भिटामिन सि हुने गर्दछ जसले शरिरमा भिटामिन सिको पूर्तिका साथै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ । - एजेन्सीको सहयोगमा

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget