एजेन्सी ।
भारतीय अभिनेत्री सोनम कपुरलाई स्वाइन फ्लूको संक्रमण भएको खवर सेलाउन नपाउँदै सेलिब्रेटी सलमान खानलाई पनि स्वाइन फ्लू भएको आशंका गरिएको भारतीय सञ्चार मध्यमले जनाएका छन् ।
पछिल्लो समय सोनमसँगै चलचित्र सुटिङमा रहेका कारण सलमान पनि यो रोगको शिकार भएको हुन सक्ने टाइम्स अफ इण्डियाले जनाएको छ ।
राजकोटमा सलमान खानसँग सुटिङमा रहेको समयमा सोनमलाई स्वाइन फ्लू भएको भन्दै अस्पताल भर्ना भएकी थिइन् ।
सोनामसँगै रहेका अन्य ब्यक्तिमा पनि स्वाइन फ्लूको शंकाले सबैको परीक्षण गरिन लागेको बताइएको छ ।
भारतमा अहिले सम्म स्वाइन फ्लूका कारण १००० भन्दा बढीको मृत्यु भैसकेको छ । नेपालमा समेत एक महिलालले ज्यान गुमाएकी छिन् ।
Post a Comment