संसारका दश अवैध धन्दा, जहाँ पैसाको वर्षा हुन्छ

एजेन्सी । जसरी संसार बदलिदैछ त्यसरी नै अबैध धन्दा चलाउने तरिका पनि बदलिदैछ । मानिसहरुले पैसाका लागि जस्तासुकै अवैध धन्दा गर्नपनि पछि पर्दैनन् । यस्ता १० धन्दाबारे हेर्नुहोस्, जहाँबाट अथाह पैसाको खेल चलिरहेको छ ।
१. ह्याकिङः अहिले डिजिटल क्राईममा ह्याकिङ सबैभन्दा चर्चित अपराध बनिरहेको छ । यसमा अथाह पैसा छ । गैरकानुनी रुपमा मानिसहरुको गोप्य जानकारी लिने र त्यसको बदलामा पैसा कमाउने यो तरिका संसारमै हिट छ । डेबिड कार्ड, बैंक एकाउन्ट ह्याक गर्ने र योजनावद्द अपराध गर्ने समूह चर्चामा रहने गरेको छ । रसियन माफियाहरुले यससम्बन्धि अपराधबाट मात्रै करिब ९० करोड अर्थात ९ मिलियन डलर कमाएको थियो ।

२. ड्रगः औषधिको बहानामा खतरनाक लागुऔषध बेच्ने करतुतहरु पछिल्लो समयमा खुल्दै गएका छन् । खासगरी दक्षिण अमेरिकामा यो पेशा टाउको दुखाईको विषय बनेको छ । यस धन्दामा पैसाको कुनै सीमा छैन । यस्तो लागु औषधको कारोबार गरेर नै लर्ड पाब्लो एस्काबरले लगातार १८ खरब रुपैया कमाएका थिए ।
३. स्मेलिङ : लागु औषधका तस्करहरुले नै दोस्रोतिर यस्तो तस्करी गर्छन । क्युबा र दक्षिण अमेरिकी राष्ट्रहरुमा संयुक्त रुपमा यस्तो तस्करी हुने गरेको छ । जहाजका पाइलट, जुत्तालगाउतबाट लुकाएर गरिने यस्तो धन्दाबाट मानिसहरुले करोडौं रुपैया कमाउने गर्छन ।
४. घोटाला, षढ्यन्त्रः खासगरी यो धन्दा हत्या, कुटपिट, तस्करीलगयातसँग सम्बन्धित छ । यस्ता ठूला ठूला अपराध तपाईहाम्रो सामु थुप्रै भइरहेका छन् । एक समूहले पैसा लिने र दोस्रो समूहमा लगानी गरेर लाखौ कमाउने गर्छन ।
५. अर्काको पैसामा खेल्नुः यो अपराध थोरै बोरिङ खालको भएपछि यसमा धेरै पैसा छ । झुठो काम गरेर पैसा कमाउन चर्चामा रहेको मार्केट इन्टरनेशनल नामको फर्मले यस्ता थुप्रै काण्ड घटाएको थियो । यस्तो फर्म चलाउने ४० वर्षीय महिलाले बुक स्टोर चलाएकी थिइन् । पक्राउ पर्नुअघि उनले करिब ८ करोड रुपैया अर्थात ८ लाख डलर कमाएकी थिइन् ।
६. वन्यजन्तु तस्करीः लागु औषध जस्तै वन्यजन्तुको तस्कर गर्ने पनि एउटा गिरोह नै सम्लग्न हुनेगर्छ । वन्यजन्तुको तस्करीबाट मात्रै हरेक वर्ष १० मिलियन डलर सम्म कमाउने गरेको बताइन्छ ।
७. नक्कली औषधिः यो धन्दा आजकल धेरै चर्चित बन्दैछ । नक्कनी औषधिको कारोबार एशियामा बढि हुने गरेको छ । यससँग जोडिएका माफियाहरुले एक वर्षमा मात्रै १.६ बिलियन डलर सम्म कमाउँछन् । यसको सबैभन्दा खतरनाक पक्ष भनेको बिरामीहरुको मृत्युदर अध्याधिक बढ्नु हो ।
८. हतियारको तस्करीः साना ठूला अपराधी र तस्करको तुलनामा हतियारको तस्करी धेरै खतरनाक मानिन्छ । हतियारको तस्करी गर्ने मानिसले एक वर्षमा मात्रै कम्तिमा पनि डेढ अरबभन्दा बढि कमाउँछन् ।
९. प्राकृतिक संसाधन तस्करीः संसारभरका विकट क्षेत्रमा पाइने धातु, लकडी र अन्य पदार्थका तस्करी बढिरहेको छ । म्यानमार, इण्डोनेसिया र मलेसियामा प्राकृतिक संसाधनको तस्करी हुने गरेको छ । जहाँ मानिसहरुले हरेक वर्षमात्रै ११ अरब भन्दा बढी कमाउने गर्छन ।
१०. दलालीः धन्दाको कुनै सीमा हुँदैन । वेश्यावृत्तिको धन्दामा खासगरी दलालको भूमिका धेरै हुन्छ । यस्ता मानिसले ग्राहकलाई फसाउने गर्छन । यस्ता दलालहरुले युवतीहरुलाई लगेर जबरजस्त वेश्या बनाउने गर्छन र करोडौं कमाउने गर्छन ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget