क्वालालाम्पुर, १७ फागुन :
मलेसियाका लागि नेपालका राजदुत डा. निरञ्जन मान सिंह बस्नेतले अधिकार सम्पन्न उच्च स्तरीय वैधानिक रोजगार आयोग बनाउनुपर्ने धारणा राखेका छन् ।
मलेसियामा भएको एनआरएनको कार्यक्रमको उद्घाटन गर्दै राजदुत बस्नेतले नेपालीहरू विश्वका हरेक ठाऊँमा ठगीइरहेको बताउँदै आयोग निर्माण गरेर नेपालीहरूलाऐ सम्बोधन गर्न सकिने र नेपाल सरकारसँग आफूले यस विषयमा कुरा राखिसकेको बताएका छन् ।
हाल करिब १० लाखको हाराहारीमा नेपाली मलेसियामा रहेको भन्दै कर्मचारीको अभावका कारण काम गर्न नसकिएको र आफूले राजदुतको जिम्मेवारी सम्हालेदेखी सुधार समेत भइरहेको बताएका छन् ।
आफ्नै पहलमा अवैधानिक कामदारलाई नेपाल पठाइरहेको र फेरी पनि यहाँको सरकारसँग अनुरोध गरेर नेपाल पठाउन लागेको समेत उनले जानकारी दिए । सन् २०१४ को सेप्टेम्बरदेखी डिसेम्बरसम्ममा २४ हजार नेपाली अवैधानिक रूपले मलेसिया रहेको जानकारी दिँदै उनीहरूले मलेसिया सरकारले दिएको अवसरको सदुपयोग गर्दै नेपाल फर्कन आग्रह गरेका छन् ।
मलेसियाबाट नेपाल फर्कन मात्र १२ सय ८० रिंगेटमा नेपाल फर्कन पाइने बताउँदै राजहदुत बस्नेतले दलालको फन्दामा नपर्न समेत आग्रह गरेका छन् । उनले मलेसियामा करिब ३ सय ३२ नेपाली र डिपोट क्याम्पमा ३ सय ७५ नेपाली रहेको बताउँदै क्याम्पमा रहेका नेपालीलाई घर फर्काउन पहल भइरहेको बताएका छन् । तर, आफूले जेलमा रहेका नेपालीलाई केहि गर्न नसक्ने र कैद भुक्तानी भएपछि मात्र नेपाल फर्काउन सकिने बताए ।
उनले कार्यक्रममा मलेसियाली अदालतले एक नेपालीलाई मृत्युदण्डको फैसला गरेको जानकारी दिँदै मृत्युदण्डबाट जोगाउन पहल समेत सुरू भएको बताए ।
उनले नेपाली कामदार ल्याएर दुःख दिने, उपचार नगर्ने, मानसिक र शारीरिक यातना दिने, तलब नदिने ७९ कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरिने बताएका छन् ।
Post a Comment