भद्रगोल भोलिबाट टेलिभिजनमा फर्किने

काठमाडौं । पछिल्लो समय दर्शकमाझ लोकप्रिय रहेको हास्य टेलिश्रृंखला भद्रगोलको प्रशारण भोलि शुक्रबारबाट सुचारु हुने भएको छ । प्रायोजक संस्था मिडिया हब आर्थिक संकटमा परेपछि करिब तीन महिनादेखि यसको प्रशारण रोकिएको थियो ।
पुरानै कथावस्तु र कलाकार टीमलाई लिएर भद्रगोल दर्शकमाझ आउन लागेको निर्देशक शंकर आचार्यले अनलाइखबरलाई बताए । आचार्यका अनुसार पहिले नै निर्माण भएर थन्किएको श्रृंखला भोलि प्रशारण गरिने छ भने त्यसपछिका एपिसोडका लागि नयाँ सुटिङ गरिनेछ ।
अचार्यले भने, ‘पहिलेको विषयवस्तु र पात्रहरुलाई दर्शकले निकै रुचाउनुभएको थियो, त्यसैलाई निरन्तरता दिने छौं ।’
पात्रहरुको फरक विशेषता र उनीहरुले बोल्ने थेगोका कारण भद्रगोल पछिल्लो समय निकै चर्चित बनेको थियो । तर विभिन्न कारणले यसको प्रशारण पटक-पटक अवरुद्ध हुँदै आएको छ । अब भने अटुटरुपमा प्रशारण हुने आचार्य बताउछन् ।
हरेक शुक्रबार राती ८ः५० बजे प्रशारण हुने भद्रगोलमा निर्देशक आचार्य लगायत, अर्जुन घिमिरे -पाँडे), कुमार कट्टेल जिग्री, रक्षा श्रेष्ठ लगायत कलाकारले अभिनय गर्दै आएका छन् ।
onlinekhabar

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget